चन्द्रपुर,२७ मंसिर
अवैद्य रुपमा ट्याक्टरमा लैजादै गरेको सालको चिरान काठ पौराई सव–डिभिजन बन कार्यालय रौतहटका बन अधिकृत सुरेश प्रसाद महतो को नेतृवको टोलीले बरामद गरेको छ । बुधबार बिहान करिब साडे ९ बजे वन अधिकृत महतोको सहितको वन गस्ती टोलीले चन्द्रपुर नगरपालिका वाड नंं ६ बेतौनाबाट ना ५ त ५६३४ नम्बरको टेक्टर सहित काठ बरामद गरेको हो । सुराकीको आधारमा अबैध साल जातको चिरान गरेको २४ थान फल्ली करिब २१ क्यु। फिट काठ बरामद गरेको वन अधिकृत महतोले जानकारी दिएका छन । काठ,टेक्टर सहित चन्द्रपुर नगरपालिका वाड नं। ५ का स्याम पौडेललाई समेत पक्राउ गरेको वन अधिकृत महतोले जानकारी दिए ।
चन्द्रपुर २ हिलेखोलाबाट सो काठ ल्याएको उनले जानकारी दिएका छन । बरामद काठ टेक्टर सहित पक्राउ परेको पौडेललाइ डिभिजन वन कार्यालय बुझाइएको समेत वन अधिकृत महतोले बताए । पछिल्लो समयमा केही काठ तस्करहरुले जंगलमै काठ चिरान गरि दिउसै विभिन्न माध्यमबाट चोरी निकासी गरिरहेको श्रोतले जानकारी दिएको छ । स्थानीय केही काठ तस्करको मिलेमतोमा काठ चोरी हुदै आएको सुचनाको आधारमा वन अधिकृत महतोले विगत केही समयदेखि निगरानी बढाएका थिए ।

