Friday, April 10, 2026

सामुदायिक वनकाे आयोजनामा लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया

ताजा / भरखरै प्राप्त

रौतहट, लैङ्गिक हिंसाञ अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीमा ऐक्यबद्धता भन्ने नाराका साथ आज लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम शुरु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका रौतहट जिल्ला अध्यक्ष वेदहरी दाहालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका उप प्रमुख जयमाला कुमारी चौधरीले ब्यानर पढेर उद्घाटन गर्नुभयो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य सरस्वती खुलाल,सामुदायिक वन उपभोक्ता महासंघ मधेश प्रदेश सदस्य मुना लामिछाने , जिल्ला महासंघका उपाध्यक्ष टीका आचार्य , कोषाध्यक्ष रन्जु थापा,डिभिजन वन कार्यालय रौतहटका अधिकृत लक्ष्मी कर्ण,नगर महासंघका सचिव भुनेश्वर गुरो लगायत विभिन्न सामुदायिक वन उपभोक्ता समुहको पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका चन्द्रकला बराल, महासंघका रौतहट अध्यक्ष बेदहरी दाहालले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष टिका आचार्यले राख्नु भएको थियोे भने कार्यक्रम संचालन संघका जिल्ला महासंघका महासचिव प्रेमा कुमारी तिमल्सिनाले संचालन गर्नुभएको महासंघका कोषाध्यक्ष रन्जु थापाले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles