Friday, April 10, 2026

सामुदायिक वनकाे आयोजनामा लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया

ताजा / भरखरै प्राप्त

राैतहट/ लैङ्गिक हिंसाञ अन्त्यकाे सुनिश्चितता महिला र बालबालिकामा लगानीमा ऐक्यबद्धता भन्ने नाराका साथ आज लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम शुरु भएकाे छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका राैतहट जिल्ला अध्यक्ष वेदहरी दाहालकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका उप प्रमुख जयमाला कुमारी चाैधरीले ब्यानर पढेर उद्घाटन गर्नुभयाे । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य सरस्वती खुलाल,सामुदायिक वन उपभोक्ता महासंघ मधेश प्रदेश सदस्य मुना लामिछाने , जिल्ला महासंघका उपाध्यक्ष टीका आचार्य , काेषाध्यक्ष रन्जु थापा,डिभिजन वन कार्यालय राैतहटका अधिकृत लक्ष्मी कर्ण,नगर महासंघका सचिव भुनेश्वर गुराे लगायत विभिन्न सामुदायिक वन उपभोक्ता समुहको पदाधिकारीहरुकाे सहभागीता रहेकाे थियाे । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष टिका आचार्यले राख्नु भएकाे थियोे भने कार्यक्रम संचालन संघका जिल्ला महासंघका महासचिव प्रेमा कुमारी तिमल्सिनाले संचालन गर्नुभएकाे महासंघका काेषाध्यक्ष रन्जु थापाले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles