चन्द्रपुर÷रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले महिला फुटवल चन्द्रपुरको सान रहेको बताउनु भएको छ । बुधबार चन्द्रपुर नगरपालिका वाड नं। २ महेन्द्र माबि रैयाटोलमा आयोजित एन्फा फुटवल क्लिनिक कार्यक्रमको समापन कार्यक्रममा नगर प्रमुख काफलेले विस्तारै सुस्ताउदै गएको महिला फुटवललाई पुनः लयमा ल्याउनका लागि चन्द्रपुर नगरपालिकाले सहयोग गर्ने बताउनु भएको छ । कुनै समय महिला फुटबल खेलाडीहरुको उर्बरभुमीको रुपमा परिचित रौतहटको चन्द्रनिगाहपुरमा अब पनि त्यस्तै खेलाडी उत्पादन गर्न नगरपालिका आवश्यक सहयोग गर्न तयार रहेको नगर प्रमुख काफ्लेले बताउनुभयो । उहाले नगरपालिकाले खेलकुदमा लगानी गरिरहेको भएपनि महिला फुटवल खेलका लागि अव योजना सहित अगाडि बढ्ने बताउनुभयो । रौतहटको महिला फुटवल कुनै समय नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमै चर्चित रहेको बताउनुहुदै नगरप्रमुख काफ्लेले अव पुनः महिला फुटवल खेलाडी उत्पादन तथा ख्लका लागि नगरपालिकाले योजनाका साथ अगाडि बढ्ने लक्ष्य राखेको बताउनुभयो । यसैगरी चन्द्रपुर नगरपालिकाकी उप प्रमुख जयमाला चौधरीले महिला फुटवल खेलकुदको माध्यमबाट नै नगर,जिल्ला,प्रदेश हुदै देशको नाम परिचित हुने हुदा यसको बिकाश अपरिहार्य रहेको बताउनुभयो ।
त्यस्तै महेन्द्र माबि ब्यबस्थापन समितिका अध्यक्ष तथा कार्यवाहक वाड अध्यक्ष संजिब कुश्वारले फुटबल खेल क्षेत्रको बिकाशको लागी बिद्यालयले सक्दो सहयोग गदै आएको र यसमा हातेमालो गर्न सम्बन्धी क्षेत्रलाइ आग्रह गर्नुभयो ।
यसैगरी सोही बिद्यालयकी प्रधानाध्यापक कमला थापाले समग्र खेल क्षेत्रको बिकाश तथा यस क्षेत्रका बालबालिकाहरुको फुटबल क्षेत्रमा बिकाश गर्ने उदेश्यले बिद्यालयले अग्रसर भएर काम गरिरहेको बताउनुभयो ।
बालबालिकाहरुलाइ खेल मार्फत शसक्त बनाउने अभिप्रायले महेन्द्र माबि यस्ता कार्यमा एक कदम अगाडी बढेर हिडने समेत प्रअ थापाले बताउनुभयो । एएफसी ड्रिम एसिया फाउन्डेसन र एएफसी सिएसआर समितिको कार्यक्रम अन्तर्गत बालबालिकाको क्षमता वृद्धि र कल्याणका लागि एन्फाले लगानीको वातावरण श्रृजना गरेको रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामीले बताउनुभयो । हात्तिदमार युवा क्लवको समन्वय, रौतहट फुटवल संघको पहलमा र एएफसी ड्रिम एसिया फाउण्डेशनको सहयोग रहेको रौतहट फुुटवल संघका अध्यक्ष भगवान दर्लामीले जानकारी दिनुभयो । यो फुटबल प्रशिक्षण ३ सय ६५ दिन नै रहने र यसको सहयोगको लागी नगरपालिकाका नगर प्रमुख संजय काफ्ले प्रतिबद्ध रहेको समेत अध्यक्ष दर्लामीले जानकारी दिनुभयो ।
समापन कार्यक्रम संघका अध्यक्ष दार्लामीको अध्यक्षतामा र हाती दमार युवा क्लबका अध्यक्ष प्रेम श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा रौतहट फुटवल संघका कोषाध्यक्ष सुवोध गिरी, चन्द्रपुर नगरपालिकाकी शिक्षा शाखाकी प्रतिनिधि जुना तिमलसिना,रौतहट फुटबल संघका कर्ण लामा,समाजसेवी भरतराज उप्रेती, राजन थापा,विद्यालय व्यवस्थापन समितिका सदस्य कान्छी राई, संगिता राई लगायतको उपस्थीती रहेको थियो ।

