Friday, April 10, 2026

मुनलाइट एकेडेमीमा होटल मेनेजमेन्टको पढाई उत्कृष्ट, प्रयोगात्मक कक्षालाई प्राथमिकता

ताजा / भरखरै प्राप्त

रौतहट÷ चन्द्रपुरमा रहेको मुनलाइट एकेडेमीले संचालन गर्दै आएको होटल मेनेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुले शुक्रवार प्रयोगात्मक कक्षामा आफ्नो सीप प्रस्तुत गरेका छन् । विद्यालयले संचालन गरेको होटल मेनेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुले शुक्रवार चाईनिज परिकारहरु बनाएर प्रदर्शन गरेका थिए । सो अवसरमा चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डल, विद्यालयका प्रिन्सिपल श्याम कुमार चौधरी,विकिज घिमिरे, हरि प्रसाद कोइराला,संचारकर्मी सुब्बा कार्की लगायतका व्यक्तिहरुले विद्यार्थीहरुले बनाएका परिकार अवलोकन गर्दै स्वाद समेत लिएका थिए । सो अवसरमा चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले मुनलाइट एकेडेमी शैक्षिक क्षेत्रमा प्रदेशमै उत्कृष्ट रहेको र पछिल्लो समय होटल मेनेजमेन्टका विद्यार्थीहरुलाई समेत लक्षित गरेर पढाई संचालन गरेकोले विद्यार्थीहरुलाई महंगो र घरदेखि टाढा बस्नुपर्ने बाध्यता हटाई दिएको बताउनुभयो । उहाले आफ्नै प्रयोगात्मक कक्ष्ाँ भएकोले पनि कसरी काम गर्नुपर्छ भनेर प्रयोग गर्न पाएकै कारण विद्यार्थीहरुमा आत्मविश्वास बढेको बताउनुभयो । होटल मेनेजमेन्टको अध्यापनका लागि दक्ष शिक्षकहरुको अभाव झेलिरहेको यस क्षेत्रले विस्तारै विद्यार्थीसंग शिक्षकहरुको मागलाई समेत केही बर्षपछि पुरा गर्ने लक्ष्य रहेको विद्यालयका संचालक विकिज घिमिरेले बताउनुभयो । उहाले मुनलाइट एकेडेमीले विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षामा बढी समय दिएर कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? कसरी होटलमा आउने ग्राहकलाई सन्तु्ष्टि र स्वच्छ भोजनको व्यवस्था गर्न सकिन्छ भन्ने कु्रालाई विद्यार्थीहरुले बुझ्न जरुरी रहेको बताउनुभयो । सो अवसरमा सहभागी विद्यार्थीहरुले आफैले तयार पारेको चाइनिज खानाका परिकार खुवाएर आगन्तुकहरुलाई खुसी पारेका थिए । सो अवसरमा विद्यालयका संचालक हरी प्रसाद कोइरालाले यतिखेर बजारमा होटल मेनेजमेन्टका विद्यार्थीहरुको माग उच्च रहेकोले दक्ष जनशक्ति तयार पार्न सके जनशक्तिले रोजगारीका लागि विदेश भौतारिनु पर्ने बाध्यता समेत कम हुने आशा व्यक्त गर्नुभयो । दक्ष जनशक्ति तयार भए विदेशै गएपछि काम अनुसारको आम्दानी समेत हुने भएकोले सीप सवैभन्दा आवश्यक रहेकोले पनि पछिल्लो समय शैक्षिक क्षेत्रमा सीपमूलक पढाईलाई प्राथमिकतामा राखेको बताउनुभयो । सो अवसरमा विद्यालयका शिक्षक अनिल श्रेष्ठले होटल मेनेजमेन्ट पढाई प्रति विद्यार्थीहरुको चाहना बढिरहेकोले पनि पढाईलाई गुणस्तरीय बताउनुपर्नेमा जोड दिनुभयो । विद्यालयका प्रिन्सिपल श्याम किशोर चौधरीले मुनलाइट एकेडेमीले गुणस्तरीय शिक्षाका लागि कुनै सम्झौता नगर्ने बताउनुभयो । उहाले दक्ष जनशक्ति तयार गर्नका लागि विद्यालयले आवश्यक पुर्वाधार तयार पारी प्रयोगात्मक कक्षालाई विशेष प्राथमिकता दिएको बताउनुभयो । उहाले पढाईसंगै विद्यार्थीहरुले प्रयोगात्मक गर्न पाए पढेको व्यवहारमा उतार्न सजिलो हुने बताउनुभयो । सो अवसरमा होटल मेनेजमेण्टमा अध्ययरत विद्यार्र्थीहरुले होटलमा झै कोठाको सजावट, टेवलको सजावट, खानाको सजावट, वारको सजावट तथा किचेनको सजावट समेत गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles