Friday, April 10, 2026

श्री अरविन्द फाउण्डेसन नेपाल दर्ता भएको उपलक्ष्यमा दिप प्रज्ज्वलन

ताजा / भरखरै प्राप्त

रौतहट÷ सनातन धर्म संरक्षणका लागि भन्दै रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ मा श्री अरविन्द फाउण्डेसन नेपाल नामक संस्था दर्ता भएको छ । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा आइतवार संस्था दर्ता भएपछि सांझ राधाकृष्ण मन्दिर परिसर रैयाटोलमा सांझ दिप प्रज्ज्वलन कार्यक्रम समेत गरिएको थियो । उक्त दिप प्रज्ज्वलन कार्यक्रममा प्रमुख अतिथी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्ले, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका शाखा अधिकृत यादव भण्डारी, जिल्ला समन्वय समितिका सदस्य कमला ढकाल, महेन्द्र माध्यमिक विद्यालय रैयाटोलका प्रधानाध्यापक कमला थापा, समाजसेवी सन्तलाल कुस्वार लगायतको आतिथ्यता रहेको कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुदै प्रमुख अतिथी नगर प्रमुख संजय कुमार काफ्लेले चन्द्रपुरमा २ मा केन्द्रिय कार्यालय रहने गरि दर्ता गरिएको श्री अविरन्द फाउण्डेसन नेपालले समाजमा हुनबाट लिने र नहुनेलाई दिने भन्ने जुन उद्देश्य लिएको छ त्यसले अवश्य समाजलाई दिर्घकालिन रुपमा फाइदा र धर्मलाई संरक्षण गर्न सहयोग पुग्ने बताउनुभयो । संस्था दर्ता गर्नु ठुलो कुरा होइन तर संस्थाले लिएको उद्देश्य कसरी पुरा हुन्छ भन्ने कुराले महत्व राख्ने हुनाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढाउन नगरपालिकाले योजनाका साथ अगाडि बढ्ने बताउनुभयो । उहाले यस क्षेत्रको विकासका लागि नगरपालिका सधै दृढ रहेको बताउनुभयो । नगरप्रमुख काप्mलेले नगरपालिकाको आर्थिक अवस्थाका कारण केही समस्या भएपनि कर्म नगरी धर्म प्राप्त नहुने भएकाले आफुले सक्दो सहयोग गर्ने बचनबद्धता जाहेर गर्नुभयो । उहाले आगामी बजेटमा अपुरो रहेको भवन पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही क्रममा नगरप्रमुख काप्mले जनतालाई सवै कुरा जानकारी नहुन सक्छ । नेतृत्व लिनेले सक्ने र हुने कामको मात्र आश्वासन दिनुपर्ने भएकोले आफुले सक्ने मात्र जुनसुकै हालतमा सम्पन्न गर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्नुहुदै इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका शाखा अधिकृत यादव भण्डारीले धर्मले सवैलाई समान रुपमा हेर्ने भएकोले धर्मप्रति सवैको आस्था रहेको बताउनुभयो । उहाले श्री अरविन्द फाउण्डेसन नेपालले लिएको उद्देश्य पुरा हुनेमा आफु आशावादी रहेको बताउनुभयो । कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक कमला थापाले अव चन्द्रपुर २ लाई देशैभरी धार्मिक गन्तव्य बनाउनका लागि श्री अरविन्द फाउण्डेसन नेपालले थालेको कामको प्रशंसा गर्नुहुदै अव यसले सवैलाई एउटै मालामा जोड्ने विश्वास व्यक्र गर्नुभयो ।
जिल्ला समन्वय समिति रौतहटका सदस्य कमला ढकालले चन्द्रपुर २ लाई नै प्रमुख स्थलको रुपमा पहिचान गराउदै स्थापना भएको श्री अरविन्द फाउण्डेसन नेपालले अव सनातन धर्मको बारेमा हरेक नागरिकलाई जानकारी गराउदै धर्ममा जोड्ने काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा समाजसेवी सन्तलाल कुस्वारले यस क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा अगाडि बढाउन सके नगर,वडामा विकासको मुल फुट्ने बताउनुभयो । यस क्षेत्रलाई हरेक दृष्टिकोणबाट अगाडि बढाउने कामको शूरुवात श्री अरविन्द फाउण्डेसन नेपालले गरेको बताउनुभयो । कार्यक्रमका अध्यक्षता गर्नु भएका श्री अरविन्द फाउण्डेसन नेपालका अध्यक्ष श्री अरविन्द शास्त्री महाराजले रौतहटलाई विश्व सामु पहिचान गराउन यस फाउण्डेसनले पुलको रुपमा काम गर्ने बताउनुभयो । उहाले यो संस्था नै हुनेबाट लिने, नहुनेलाई दिने उद्देश्यका साथ आएको हुदा समाजमा हुनेखानेबाट लिएर नहुनेलाई जीवन यापन गर्न सहयोग गर्ने भएकोले पनि मानवता हुने, धर्मप्रति आस्थावान सनातन धर्मलाई मुलमन्त्र सम्झेर समाजको विकासमा अगाडि बढ्न यसले सहयोग गर्ने बताउनुभयो । सोही कार्यक्रममा श्री अरविन्द फाउण्डेसन नेपालको केन्द्रिय अध्यक्षमा श्री अरविन्द शास्त्री महाराज, उपाध्यक्ष कमला थापा, सचिव कल्पना कार्की रहनु भएको छ भने सदस्यहरु सन्तलाल कुस्वार, नवराज उप्रेती, सरिता कुस्वार लगायत रहनु भएको संचारकर्मी पवन घिमिरेले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles