रौतहट÷ रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ हिलेखोलामा आज दिउसो घरमा आगलागी भएको छ । स्थानीय टेक बहादुर दोङको छोरा राम बहादुर दोङको घरमा आज दिउसो जंगलमा लागेको डढेलो हावाले उडाएर घरमा सल्किएपछि घर पूर्ण रुपमा जलेर नष्ट भएको चन्द्रपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दुत्त बहादुर थिङले जानकारी दिनुभयो । आगलागीबाट करीव ७ लाख बराबरको धनमाल जलेर नष्ट भएको उहाले जानकारी दिनुभयो । आगलागीबाट घर पूर्ण रुपमा क्षति भएपछि परिवार संकटमा परेको पीडित राम बहादुर दोङले बताउनुभयो । घरमा भएको खाद्यान्न,कपडा लगायत सवै सामाग्री जलेर नष्ट भएपछि अव दोङका परिवार खुल्ला आकाश मुनी बस्न बाध्य भएका छन् । पछिल्लो समय गर्मी बढेसंग चुरे क्षेत्रमा डढेलो लागेका कारण सो क्षेत्रका बासिन्दाहरु असुरक्षित हुदै आएका छन् । यतिखेर चुरे क्षेत्रमा व्यापक डढेलो लागेका कारण बन्यजन्तु समेत असुरक्षित भएको छ ।
