Friday, April 10, 2026

प्रहरी कार्यालय तस्कर र माफियाका लागि मात्र सुरक्षित रहेको स्थानीयको आरोप

ताजा / भरखरै प्राप्त

रौतहट,÷ रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ सन्तपुरमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक दिनानाथ प्रसाद यादवले सहकारीले थुपारेर राखेको साल जातको काठलाई फर्निचर बनाएर घर लगेको भन्दै स्थानीयले प्रहरी चौकी घेराउ गरेका छन । प्रहरी चौकीको भवन निर्माण भईहरेको अवस्थामा अस्थायी रुपमा वडा न. ८ कै कृषि सहकारी साझा संस्थाको भवनमा सञ्चालन हुदै आएको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक दिनानाथप्रसाद यादवले संस्थामा राखेको साल जातको काठ हिनामिना गरेपछि स्थानीयले प्रहरी चौकी घेराउ गरेका हुन् ।
साझा संस्थाको गोदाम घरमा वडा कार्यालयले व्याटमिन्टन कोर्ट बनाएपछि त्यहाबाट निकालिएको काठ संस्थाकै परिसरमा रहेको प्रहरी चौकीमा सुरक्षितसँग राखेको काठ चौकीका इन्चार्ज यादवले विभिन्न किसिमका फर्निचर बनाई आफ्नो घरमा पठाएपछि स्थानीयले चौकी घेराउ गरेका हुन् । वडा नं. ८ का वडा अध्यक्ष जितेन्द्र चौधरीले संस्थाको केही परिमाणका काठ प्रहरी सहायक निरिक्षक यादव बस्ने कोठामा समेत भेटिएको बताउनुभयो । उहाका अनुसार चोरीएको काठको क्षतिपूर्ति र इन्चार्ज यादवलाई कारवाहीको माग राख्दै चौकी घेराउ गरिएको वडा अध्यक्ष जितेन्द्र चौधरीले बताउनुभयो । घटनापश्चात लगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक गायत्रीराज शर्माले स्थानीयसंग लामो छलफल गरी चौकीका इन्चार्ज यादव उपर अनुसन्धान गरिने र दोषी ठहरिएमा विभागीय कारवाही गरिने आश्वस्त पार्नुभयो ।
यता संस्थाका अध्यक्ष तथा पूर्व नगरपालिका प्रमुख रामचन्द्र चौधरीले संस्थाको काठ मात्र नभई इन्चार्ज यादवले चोरी निकासीको अवैध काठ समेत बरामद गरी निजी उपयोग गरेको आरोप लगाउनुभयो । तर स्थानीयवासीले भने प्रहरीको भनाई विश्वास गर्न लायक नभएको आरोप लगाए । प्रहरीले शान्ति सुरक्षा दिन्छ भन्ने धारणा विस्तारै हराउदै गएको भन्दै प्रहरी कार्यालयमै राखिएको काठ चोरी हुदा समेत विभिन्न बहाना बनाएर दोषि ठहरिए कारवाही गर्ने भन्ने जालझेलबाला कुरा गरेर जनतालाई थाङ्नामा सुताउन खोजेको बताउनुभयो । केही समय अघि इलाका प््रहरी कार्यालय अगाडि आफुलाई समस्या परेको भन्दै मोटरसाइकल राख्न गएका संचारकर्मी माथि समेत प्रहरीले दुव्र्यवहार गरेपछि प्रहरी कार्यालय जनताका लागि होइन, तस्करी र माफियाको लागि सुरक्षित रहेको महसुस गरिएको स्थानीयको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles