रौतहट÷रौतहटको चन्द्रपुरमा मुख्य कार्यालय रहेको एस्टोन ग्लोवल एजुकेशनले बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । सोमवार चन्द्रनिगाहपुर स्थित होटल तराई ईनमा आयोजित एक भव्य कार्यक्रमका बिच संस्थाले अप्रिल इन्टेकका लागि जापानको सिओइ प्राप्त गरेर जापान जान लागेका विद्यार्थीहरुलाई विदाई गरेको हो ।
एस्टोन ग्लोवल एजुकेसनका प्रबन्ध निर्देशक तथा प्रशिक्षक ओम किशोर चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा कंकाली मा.वि. का पुर्व प्राधानाध्यापक छोटेलाल चौधरी रहनु भएका थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदै एस्टोनका सल्लाहकार तथा पत्रकार अशोक पहाडीले जापान गएर सबै विद्यार्थीले आफ्नो भविष्य उज्ज्वल पार्नेछन् भन्नेमा आफूहरू विश्वस्त रहेको बताउनुभयो । सिओइ प्राप्त गर्न सफल सबै विद्यार्थीले सही परामर्शदाता छनौट गर्न सफल भएकोमा बधाई दिदैे त्यो सफलता दिलाउने सबैलाई धन्यवाद दिनुभयो । शुभकामना मन्तव्य राख्ने क्रममा विशिष्ट अतिथी प्रेस सेन्टर नेपाल रौतहटका अध्यक्ष सुब्बा कार्कीले विदेश पलायन हुन सरकारले नेपाली विद्यार्थीलाई बाध्य बनाएको भए पनि सीप दक्षता सिकेर आएर नेपालमै काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाले मधेश प्रदेशमै एस्टोनले कम समयमा गरेको प्रगतीको बारेमा पनि प्रसंशा गर्नुहुदै विद्यार्थीहरुको पहिलो रोजाई हुन सफल एस्टोनले अव गुणस्तरीय शिक्षा र परामर्श दिएकै कारण परिणाम उत्साहजनक आएको बताउनुभयो । यस्तै एस्टोनका सर्लाही शाखा प्रमुख संगम कोईरालाले फेयरवेल भन्दै गर्दा दुख लागेको भए पनि सबै विद्यार्थी उज्ज्वल भविष्य तिर लम्किरहेको हुदा खुसीका साथ सुनिश्चित भविष्यको शुभकामना दिन लागिरहेको बताउनुभयो । उहाले एस्टोन ग्लोवल एजुकेसनबाट जापान जाने जो सुकै विद्यार्थी समस्यामा परे पनि आफूहरूले सक्दो सहयोग गर्ने साझा प्रतिबद्धता व्यक्त गरे । जापान गएर गर्न हुने÷ नहुने कामहरूका विषयमा पनि उनीहरूले विद्यार्थीहरूलाई सूचित गराएका थिए । कार्यक्रमलाई सञ्चारकर्मी बिबेक चौधरीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा जापान जाने तयारीमा रहेका विद्यार्थी सुरज बजगाईले उपस्थित विद्यार्थीहरू माझ आफ्नो अनुभव बाडेका थिए । उहाले कक्षा कहिल्यै नछुटाउने र भाषा प्रशिक्षकले भनेको कुरा मान्ने गर्दा सफल हुन सकेको बताउनुभयो । आफूले ग्लोवल एजुकेसन सबै हिसाबले सकारात्मक पाएको उल्लेख गर्नुहुदै संस्थाले डकुमेन्ट बनाउने देखि अन्य हरेक काममा सघाएर सफल बनाएको भन्दै धन्यवाद दिनुभयो । कार्यक्रममा जापान जानू अघि र गएपछि ध्यान दिनुपर्ने कुराहरू बारे जानकारी गराइएको थियो भने खुसी साट्न मायाको चिनो प्रदान गरेर विद्यार्थीहरूलाई सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सिओइ आएका सबै विद्यार्थीलाई बधाई तथा शुभकामना दिनुभयो ।
कार्यक्रम समापन गर्दै सभापति चौधरीले जापान अध्ययन गर्ने सपनाको नजिक पुगेका सबैलाई बधाई दिनुभयो । संस्थामा आफूहरूले सिकाएका कुराहरू, बताएका नियमहरूलाई मनन गरेर मात्रै जापानमा रहन आग्रह गर्नुभयो । आफू पनि जापान बसेर आएको स्मरण गर्दै नेपाली विद्यार्थीहरूले नियमहरू पालना नगर्दा मेहनती हुदा पनि जोखिममा परेको आफूले अनुभव गरेकोले त्यसमा ध्यान दिन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।एस्टोनबाट जापान जाने सबै एकै परिवार भएको भन्दै उहाले आफूहरू विद्यार्थीको हरेक दुःख सुखमा सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । एस्टोनबाट जापान अध्ययनका लागि “अप्रील २०२४” इन्टेकका लागि भिसा एप्लाई गरेका ९५ प्रतिशत विद्यार्थीको भिसा लागेको थियो । एस्टोन ग्लोवल एजुकेसनको शाखा कार्यलय बाराको सिमरा,निजगढ सर्लाही को बरहथवा,बर्दिवासमा रहेको छ ।
