Friday, April 10, 2026

रौतहटका प्रदेश सभा सदस्य भट्टराई उद्योग,बाणिज्य तथा पर्यटन मन्त्री नियुक्त

ताजा / भरखरै प्राप्त

रौतहट÷ रौतहट जिल्ला, क्षेत्र नं. ४(१) का प्रदेश सभा सदस्य युवराज भट्टराई(समिर) मधेश प्रदेशको उद्योग,वाणिज्य तथा पर्यटन मन्त्री तथा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत प्रसाद साह विना विभागीय मन्त्री नियुक्त हुनु भएको छ । मधेश प्रदेश संसदीय दलका उप नेता भट्टराई नेकपा माओवादी(केन्द्र)का केन्द्रिय सदस्य समेत रहनु भएको छ । उहाले आजै मन्त्री पदको सपथ ग्रहण गर्नुभएको छ । पार्टीमा जनयुद्धको समयदेखि निरन्तर लागि रहनु भएका नेता भट्टराई रौतहटका जनतामाझ अति नै लोकप्रिय हुनुहुन्छ । रौतहट जिल्लामा उहालाई विकासप्रेमी नेताको रुपमा जनताले चिन्ने गरेका छन् । प्रदेश सभा सदस्य भट्टराई निर्वाचित हुनु भएदेखि नै निरन्तर जनताको घर दैलोमा पुग्ने सम्भवत प्रदेशकै एक मात्र नेता हुनुहुन्छ । उहाले आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा,स्वास्थ्य,भौतिक पुर्वाधार,कृषिलाई प्राथमिकतामा राखेर जनता समक्ष पुग्नु भएका कारण पनि उहा अति नै लोकप्रिय हुनुभएको हो । उहा मन्त्री नियुक्त हुनुभएपछि रौतहटका जनताले अझ रौतहटले मुहार फेर्ने विश्वास लिएका छन् । मधेश प्रदेशको उद्योग,बाणिज्य तथा पर्यटनको विकासका लागि आफुले समय सापेक्ष परिवर्तन गरि काम गर्ने बताउनुभयो । उहाले अव मधेश प्रदेशको उद्योग,पर्यटनका लागि सरकारले नया योजनाका साथमा अगाडि बढ्ने बताउनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles