रौतहट÷उद्योग बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई(समिर)ले जनतासंग गरिएको प्रतिबद्धता अनुसार नै काम गर्ने आश्वासन दिनु भएको छ । नेकपा माओवादी केन्द्र चन्द्रपुर नगर कमिटीद्धारा आयोजित शुभकामना तथा भेटघाट कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुदै निर्वाचनको समयमा जनतासंग गरेको प्रद्धिबद्धता अनुसार काम गर्दै आएको र भविष्यमा समेत जनताकै चाहना र आवश्यकता पहिचान गरि काम गर्ने बताउनुभयो । उहाले विकास निर्माणको काम पार्टीले अगाडि सारेको नीति र कार्यक्रम अनुसार अगाडि बढेकै कारण जनताले माओवादी केन्द्रप्रति भरोसा गरेको बताउनुभयो । नेकपा माओवादी केन्द्रका जनप्रतिनिधिहरुले व्यक्तिगत रुपमा कुनै व्यक्तिलाई खुसी नपारेपनि आम जनताको भावना अनुरुप काम गरेकै कारण पछिल्लो समयमा रौतहट लगायत मधेश प्रदेशमा माओवादी केन्द्र संस्थागतरुपमा अगाडि बढेको बताउनुभयो । आफ्नो मन्तव्य राख्ने क्रममा मधेशमा यतिखेर माओवादी केन्द्रबाट निर्वाचन जनप्रतिनिधिहरुलाई अव गर या मरको अवस्थामा रहेकोले राम्रो काम गरे पार्टी बन्छ, काम राम्रो गर्न नसके पार्टी सिद्धिने भएकोले अव गरेरै जनताको मन जित्नुपर्ने अवस्था रहेको बताउनुभयो । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले पार्टीकै निर्देशन र नीति अनुसार काम गरेकै कारण केही तत्वहरु आत्तिएकाले अव हरेक कामको सकारात्मक परिणाम ल्याउन सकिने बताउनुभयो । बोल्ने क्रममा मन्त्री भट्टराईले सकारात्मक आलोचना सहितके सुझाव दिन आग्रह गर्नुहुदै आफु हरेक जनताको घर दैलोमा पुगेर जनताको सुख,दुःख बाढेकै कारण परिणाम आएको बताउनुभयो । कार्यक्रममा पार्टीका मधेश प्रदेश सदस्य देवकी नेपालले मुक्तक मार्फत मन्त्री भट्टराईलाई जनताको आशा र भरोसाको केन्द्र भएकाले त्यसलाई निभ्न नदिन आग्रह गर्नुभयो । उहाले जनताले माओवादी केन्द्रप्रति विश्वास गरेकै कारण पनि जनताको चाहना,विश्वासलाई कायम राख्दै पार्टीलाई समेत संगठित रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । पार्टीका नगर कमिटी उपाध्यक्ष सहदेव केसी स्वागत मन्तव्य राख्नुहुदै मन्त्री भट्टराईलाई सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा पार्टीका केन्द्रिय कमिटी सदस्य सत्यनारायण भगत, वहिद अन्सारी, एकराज थापा,देवकी नेपाल,अमित श्रेष्ठ, वडा नंं ३ का वडा अध्यक्ष बोधनाथ देवकोटा, वडा नं. २ का वडा अध्यक्ष दुत्त बहादुर थिङ (बुद्ध), वडा नं. ६ का वडा अध्यक्ष सहदेव केसी,जिल्ला समन्वय समितिका सदस्य कमला ढकाल लगायत विभिन्न भातृ संगठनका प्रतिनिधिको सहभागिता रहेको थियो । पार्टीका नगर कमिटी उपाध्यक्ष चेत बोलखेले संचालन गर्नु भएको कार्यक्रमको अध्यक्षता पार्टीका नगर कमिटी अध्यक्ष टिका बहादुर आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

