रौतहट २८ कार्तिक । नेपाली कांग्रेसको मेची–महाकाली ‘युवा संकल्प यात्रा’ टोलीले रौतहटको चन्द्रनिगाहपुरमा एक कार्यक्रम गरेको छ । मेचीनगर बाट शुरु भएकोे दश बुँदे एजेण्डा सहित को यात्रा गत कार्तिक २३ गते काँकडभिट्टाबाट प्रारम्भ भएको मेची–महाकाली ‘युवा संकल्प यात्रा’ बुधबार चन्द्रनिगाहपुर आइपुगी एक कार्यक्रम गरेर पुन पश्चिम यात्रामा तर्फ लागेको छ । चन्द्रनिगाहपुरमा आयोजित संकल्प यात्रा कार्यक्रममा नेबीसंघका पुर्ब केन्द्रिय अध्यक्ष तथा संबिधान सभा सदस्य रन्जित कर्ण, नेपाल तरुण दल केन्द्रिय महासचिब भुपेन्द्रजङ्ग शाही नेबिसंघका केन्द्रिय सदस्य प्रेमिका राना मगर लगायत नेबिसंघका केन्द्रिय नेताहरुको सहभागिता रहेको कार्यक्रमलाई नेपाली काग्रेस चन्द्रपुरका नेता नरेश लामिछानेले संचालन गर्नु भएको थियो भने नेपाली काग्रेस मधेश प्रदेश सदस्य पार्टी प्रबक्ता सुर्य बहादुर थापाले कार्यक्रमलाई समापन गर्नु भएको थियो । मंसिर ४ गते महाकाली पुगेर समापन गरिने यात्राको उदेश्य युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकहित र जनअधिकारका पक्षमा ऐक्यबद्धता जनाउँदै समृद्ध नेपाल निर्माणका लागि उद्यमशील बन्न प्रेरित गर्ने रहेको नेपाली काग्रेसका युवा नेता शम्भु थापाले बताए । कार्यक्रममा रौतहटका नेपाली काग्रेसका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको उद्देश्य रोजगारी सुनिश्चितताका लागि दबाव सिर्जना गर्ने, सुशासनका लागि खबरदारी गर्ने तथा मूल्यवृद्धि नियन्त्रणको विषय प्रखर रूपमा उठाउनुको साथै सहकारी पीडितलाई तत्काल राहत र बचत फिर्ता गराउन पहलकदमी लिने तथा विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही गर्न दबाव समेत सिर्जना गर्ने रहेको जनाइएको छ ।

