Tuesday, April 14, 2026

रौतहटका राष्ट्रिय महिला फुटवल खेलाडी नगद सहित सम्मानित

ताजा / भरखरै प्राप्त

रौतहट÷ रौतहटका राष्ट्रिय महिला फुटवल खेलाडीहरुलाई विहिवार सम्मान गरिएको छ । नेकपा(माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा रौतहट क्षेत्र नं. ४ (क) का मधेश प्रदेश सभा सदस्य युवराज भट्टराई(समिर) तथा चन्द्रपुर नगरपालिका वडा नं. ६ को संयुक्त आयोजनामा भर्खरै सम्पन्न साफ महिला फुटवल प्रतियोगितामा सहभागी रौतहटका राष्ट्रिय महिला खेलाडीहरुलाई नगद सहित सम्मानपत्रले सम्मानित गरिएको छ । सम्मानित हुने खेलाडीहरुमा रेनुका नगरकोटी, रश्मी कुमारी घिसिङ, सजनी ठोकर, अनिता केसी, समिक्षा घिमिरे,रजनी ठोकरी,निशा ठोकर,सविता राना मगर लाई प्रदेश सभा सदस्य युवराज भट्टराई(समिर)को तर्फबाट नगद ५ हजार सहित सम्मानपत्र र दोसल्ला ओढाईको थियो भने वडा नं. ६ को तर्फबाट वडा अध्यक्ष सहदेव केसीले नगद ५ हजार, सम्मान पत्र सहित दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र चन्द्रपुर नगरकमिटीका अध्यक्ष टिका बहादुर आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने मधेश प्रदेश फुटवल संघका अध्यक्ष नेपाल कार्कीले रौतहटले महिला खेलाडी उत्पादन गरेर देशकै नाम राख्न सफल भएको बताउनुभयो । अवका दिनमा महिला खेलाडीलाई सेवा सुविधा सहित अगाडि बढाउने हो भने नतिजा रौतहटकै पक्षमा हुने विश्वास दिनुलाउनुभयो । कार्यक्रममा प्रमुख अतिथी मधेश प्रदेश सभा सदस्य युवराज भट्टराई(समिर)ले नेपालको महिला राष्ट्रिय टोलीमा सवैभन्दा बढी खेलाडी सहभागी हुन सफल रौतहट जिल्लाको महिला फुटवललाई अझ स्तरीय बनाउन सवैलाई आग्रह गर्नुभएको छ । उहाले खेलकुदलाई राजनीतिभन्दा टाढा राखेर सवै दल,संघसंस्था,व्यवसायी लगायतको सहभागितामा रौतहटको महिला फुटवलको इतिहासलाई कायम राख्नको लागि सवैले आ आफ्नो स्थानबाट सहयोग गर्नु आग्रह गर्नुभयो । रौतहट महिला खेलाडी उत्पादन हुने थलो भएकोले यसलाई अझ व्यवस्थित गर्न स्थानीय तह,प्रदेश, संघ तथा खेलकुदमा संलग्न संघसंस्थाले पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा रौतहट जिल्ला फुुटवल संघका अध्यक्ष भगवान दलामी,वडा नं. २ का वडा अध्यक्ष दुत्त बहादुर थिङ(बुद्ध) महासचिव मधुसुदन धिताल,नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य वहिद अन्सारी,महिला नेतृ देवकी नेपाल, जिल्ला समन्वय समिति सदस्य कमला ढकाल,युवा समाजसेवी गंगा लामा, विनोद दुलाल, गौतम खड्का, राजु धामी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा आफ्नो अनुभव सनाउनुहुदै राष्ट्रिय महिला खेलाडी रेनुका नगरकोटीले विगतको भन्दा महिला खेलाडी उत्पादन घट्दै गएको चिन्ता व्यक्त गर्नुहुदै यस्तै अवस्था रहने हो भने आगामी केही बर्षपछि रौतहटबाट महिला खेलाडी उत्पादन बन्द हुने अवस्था देखिएकोले यसलाई समयमै सुधार गर्नुपर्ने बताउनुभयो । चन्द्रपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सहदेव केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रम पार्टीका नगर उपाध्यक्ष चेत बोलखेले संचालन गर्नुभएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles