रौतहट÷ श्लिषाले जिल्लास्थीत विभिन्न संघ संस्थाहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरेको छ । बुधवार होटल गौतममा शुरु भएको तालिमका बारेमा आयोजक संस्थाका संस्थापक तथा निर्देशक संगिता श्रेष्ठले संस्थाले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको र यस क्षेत्रमा रहेको बालविवाहको अन्त्यका लागि यस क्षेत्रमा कार्यरत रहेका संघ संस्थाहरुलाई अझ प्रभावकारी रुपमा काम गर्ने वातावरण बनाउनका लागि ३ दिन सम्म प्रशिक्षण प्रदान गर्न लागेको बताउनुभयो । “वालविवाहको अन्त्य नै उच्च शिक्षाको आधार, दाइजो होइन, सफल पेशा नै रोज्ने विचार” भन्ने नारालाई सार्थक बनाउनका लागि सरोकारवाला निकायसंग समन्वय,सहकार्य गर्दै अगाडि बढे रौतहट जिल्लामा देखिएको समस्या केही हदसम्म न्युनिकरण हुनेमा आशावादी रहेको बताउनुभयो । उहाले वर्तमान अवस्थामा रौतहट जिल्लामा ४७ प्रतिशत बालविवाह हुने गरेको तथ्यांकले देखाएकोले पनि यहाको अवस्था विकराल रहेको बताउनुभयो । जिल्लामा ४२ हजार २ सय ४० बालबालिकाहरु विद्यालय बाहिर रहेको अवस्थामा उनीहरुलाई कसरी विद्यालयसम्म पहु“च पु¥याउने भन्ने गम्भीर विषय रहेको बताउनुभयो ।
शिरिष श्रेष्ठ र महेश कुमार बस्नेत प्रशिक्षक रहनु भएको तालिममा जिल्लास्थित संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको संस्थाका निर्देशक संगिता श्रेष्ठले जानकारी दिनुभयो ।
