रौतहट÷ संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आफ्नो १६ औं बार्षिक चुनावी साधारण सभा सम्पन्न भएको छ । चन्द्रपुरमा रहेको गोल्डेन व्याङक्वीटमा सम्पन्न साधारण सभाले गणेश पौडेलको अध्यक्षतामा १५ सदस्यीय नया“ कार्य समिति सर्वसहमतिबाट चयन गरेको छ । समितिको उपाध्यक्षमा कुल बहादुर थापा, सचिव चिरन्जीवी गौतम, सहसचिव रामचन्द्र तिमल्सिना, कोषाध्यक्ष कृष्णचन्द्र पोखरेल रहनु भएको छ । समितिको सदस्यहरुमा डिल्ली बहादुर कार्की(सुब्बा), गृष्मा सापकोटा, शारदा भण्डारी, सत्यभामा अधिकारी(गौतम), वेदनाथ हुमागाई, जनकराज भारती,रामानन्द साह, एकनाथ चौलागाई, राजकिशोर गुप्ता, विदुर प्रसाद न्यौपाने रहनु भएको छ । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको र्संयोजकमा बलराम प्रसाद गौतम रहनु भएको छ भने सदस्यहरुमा राज नारायण चौधरी र रामप्रसाद तिमल्सिना रहनु भएको निर्वाचन समितिका सदस्य तथा चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख नसरे आलमले जानकारी दिनुभयो । सर्वसहमति निर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक नारायण बहादुर कार्कीले शनिवार नै सपथ गराउनु भएको थियो । यस अघि शुरुभएको साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष विभु कुमार पोखरेलले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्ले रहनु भएको थियो । कार्यक्रममा अतिथीका रुपमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै नव विकास बचत तथा ऋण सहकारी संस्थाका लिमिटेडका अध्यक्ष राजेन्द्र तिवारीले साधारण सभामा शेयर सदस्यहरुको उल्लेख्य सहभागिता रहेकोमा खुसी व्यक्त गर्नुभयो । उहाले इमान्दार सदस्य, कुशल संचालक, जिम्मेवार नियमक निकाय भए सहकारीमा समस्या नआउने बताउनुभयो । त्यसैगरी चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बसन्त आचार्यले संकल्प साकोस मधेश प्रदेशमै उत्कृष्ट रहेको स्मरण गराउनुहुदै अव आउने नया नेतृत्व अझ सवल हुनेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा संचारकर्मी संजय कार्कीले पछिल्लो समयमा हरेक समयमा सहकारीको चर्चाले जनता आजित भएको अवस्थामा संकल्प प्रतिको शेयर सदस्यहरुको विश्वासले हरेक शेयर सदस्य महिलाहरुलाई व्यवसायीमा लाग्न प्रेरित गर्न व्याज दरमा समेत छुट दिएको बताउनुभयो । कार्यक्रममा स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नरेन्द्र राना, नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटा, सफल साकोसका अध्यक्ष देवकी नेपाल, मुलघर कृषि सहकारीका अध्यक्ष महेन्द्र चौलागाई,संचारकर्मीहरु रमेश तिमल्सिना, अनमोल कार्की,सन्तोष काफ्ले लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले सहकारीलाई कसरी नियमन गर्ने भन्ने चिन्ताको समयमा पनि संकल्पको गतिविधिले सन्तोष दिएको बताउनुभयो । उहाले खराब किसिमबाट चलेका सहकारीलाई नियमन गरी आवश्यक परे कारवाहीको दायरामा ल्याउन सकिने बताउनुभयो । उहाले सहकारीलाई अझ व्यवस्थित गर्न चन्द्रपुर नगरपालिकाले योजना तर्जुमा गरेको बताउनुभयो । नगर प्रमुख काफ्लेले सहकारीले बचतलाई मात्र होइन, बचतकर्तालाई रोजगारीतर्फ उन्मुख गराउन कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । व्यवसायमा बचतकर्तालाई जोड्न सके नगर समृद्ध हुने बताउनुभयो । कार्यक्रम चिरन्जीवी गौतमले संचालन गर्नुभएको थियो ।
