रौतहट÷ संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं बार्षिक साधारण सभाको पूर्वसन्ध्यामा विस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष विभु कुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक गणेश पौडेल, निवर्तमान लेखा तथा सुपरिवेक्षण समितिका संयोजक एवम् प्रमुख सल्लाहकार नारायण बहादुर कार्की, सल्लाहकार उदय प्रसाद देवकाटा लगायत संचालक समितिका सदस्यहरु, उप समितिका संयोजक एवम् सदस्यहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका सचिव कुल बहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थाका व्यवस्थापक हरी प्रसाद तिमल्सिनाले संस्थाको आर्थिक एवम् अन्य गतिविधिका प्रष्ट पार्नूभयो । १६ औं बार्षिक चुनावी साधारण सभाको पुर्वसन्ध्यामा बसेको विस्तारीत मञ्चको बैठकमा साधारण सभामा प्रस्तुत गरिने कार्यक्रममा बारेमा छलफल भएको थियो । कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक एवम् संस्थापक अध्यक्ष गणेश पौडेलले यतिखेर बचतकर्ता एवम् सेयर सदस्यहरुलाई बजारमा रहेका बैककै व्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने चुनौती थपिएको बताउनुभयो । बजारमा असर ऋणीलाई आकर्षित गर्ने खालका बचत,ऋणको योजना ल्याउन नसके बचतकर्ता एवम् असली ऋणीहरुले विकल्प खोज्ने बताउनुभयो । सहकारीको मेरुदण्ड नै बचतकर्ता भएकोले उनीहरुलाई समेत प्रमुखताका साथ उन्नत तथा समृद्ध बनाउनका लागि सहकारी लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा सल्लाहकार उदय प्रसाद देवकोटाले बचतकर्ताको सधैको चाहना भनेकै आफुले बचत गरेको रकममा अधिकतम व्याज, बोनस तथा ऋण लिन अन्य भन्दा सहज होस भन्ने चाहना गर्ने भएकोले उनीहरुलाई कसरी सन्तुष्ट पार्न सकिन्न भनेर सोच्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागीहरुले संकल्प साकोसले गरेको प्रगतिको प्रशंसा गर्नुहुदै आगामी दिनमा समेत सहकारी क्षेत्रमा नमूना सहकारी हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा आफ्नो धारणा राख्नुहुदै संस्थाका अध्यक्ष विभु कुमार पोखरेलले संकल्पले बचतकर्तालाई आकर्षिक गर्न विभिन्न योजनाहरु विगतका बर्षहरुदेखि नै निरन्तर ल्याएको बताउनुभयो । उहाले एकै परिवारका सम्पूर्ण सदस्य संस्थामा आवद्ध भए उनीहरुको बचत तथा ऋणमा विशेष छुटको व्यवस्था गरेको जानकारी दिनुभयो । उहाले संस्थाले सदस्यहरुको हितका लागि विशेष अवस्थामा व्याजमा समेत सन्तोषजनक रुपमा छुट दिदै आएको बताउनुभयो । उहाले बचतकर्तालाई संस्थाप्रति अपनत्व गराउनका लागि ७५ बर्षमाथिका जेष्ठ सदस्यहरुलाई निश्चित रकम बचत तथा शेयर खरीद गरे बार्षिक १ हजार रुपैयाले सम्मान गर्ने योजना विगत बर्षहरु देखि नै संचालनमा आएको बताउनुभयो । उहाले संस्थालाई प्रविधिमा अब्बल बनाउनका लागि कुनै कसर बाकी नराखेको बताउनुहुदै आगामी बर्षदेखि सवै सूचनाहरु क्युआरकोड मार्फत शेयर सदस्यहरुलाई जानकारी गराउने योजनामा संस्था लागेको बताउनुभयो । ४ हजार ४ सय ५१ सदस्य रहेको संस्थाको कुल सम्पत्ति ६७ करोड २२ लाख २० हजार ६ य ४८ रुपैया २४ पैसा रहेको तथा शुुद्ध ऋण लगानी ४९ करोड ९९ लाख ३४ हजार ४ सय २० रुपैया ४२ पैसा रहेको समेत जानकारी दिनुभयो । संस्थाको १६ औं चुनावी बार्षिक साधारण सभा असोज १२ गते चन्द्रपुर स्थित गोल्डेन व्याङक्वीटमा हुने संस्थाका सहसचिव चिरन्जीवी गौतमले जानकारी दिनुभयो ।
