Friday, April 10, 2026

समाजप्रति उत्तरदायी सहकारीमा कुनै समस्या छैन – अध्यक्ष ढकाल

ताजा / भरखरै प्राप्त

रौतहट÷ नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफस्कुन)का अध्यक्ष चन्द्र ढकालले समाजप्रति उत्तरदायी सहकारीमा कुनै समस्या नरहेको बताउन्ु भएको छ । सहकारीको मर्म नबुझेकाहरुले चलाएको सहकारीमा मात्र समस्या देखिएको उहाले प्रष्ट पार्नुभयो । शनिबार रौतहटको चन्द्रनिगाहपुरमा रहको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारण सभाको उदघाटन गर्नुहुदै अध्यक्ष ढकालले वास्तबीक सहकारीकर्मीले चलाएको सहकारी संस्थाहरुमा कुनै किसिमको समस्या नरहेको बताउदै अध्यक्ष ढकालले समाजप्रति उत्तरदायी नभएका र कमाउनको उदेश्यले मात्रै खोलिएका सहकारीमा यतिखेर गम्भीर समस्या देखिएकोले त्यसैबाट जनतामा नकारात्मक सन्देश गएको बताउनुभयो । अध्यक्ष ढकालले सहकारीको मर्म,भाबना अनुसार चलेका सहकारीहरुले गरेको कारोवार गर्व गर्न लायक रहेको बताउनुहुदै तिनीहरुमा कुनै किसिमको समस्या नरहेको प्रष्ट पार्नुभयो ।
सो सभाको चन्द्रपुर नगरपालिका सहकारी शाखाका प्रमुख नसरे आलमले रौतहटको सहकारीमै चन्द्रोदयले गरेको काम प्रशंसनीय रहेको बताउनुहुदै अव सामाजिक उत्तरदायित्व अन्र्तगत नगरपालिकसंग समन्वय गरेर केही रचनात्मक काम गर्न आग्रह गर्नुभयो । चन्द्रपुर नगरपालिका वडानम्बर ६ का अध्यक्ष सहदेब केसीले स्थानीय स्तरमा रहेको सहकारीहरुले स्वेदशमै रोजगारी श्रृजना गरी युवाहरुलाई विदेश जानबाट थोरै भएपनि रोक्न सक्ने वातावरण बताउनु आग्रह गर्नुभयो । कार्यक्रममा जनज्योति बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष एवम् संचारकर्मी संजय कार्कीले चन्द्रोदयले गरेको सामाजिक कार्यको खुलेरै प्रशंसा गर्नुभयो । रक्तदान, वृक्षारोपण लगायतमा अग्रणी भूमिका रहेको सहकारीले वचतकर्तालाई हरेक पक्षमा सवल बनाउनका लागि कार्यक्रम अगाडी ल्याएर मन जितेको बताउनुभयो । रौतहट बचत तथा ऋण सहकारी संघका उपाध्याक्ष राम बिश्वास पासवान, सर्लाही बचत तथा ऋण सहकारी संघका अध्यक्ष मन्दिरा आचार्यले संस्थाले गरेको कार्य प्रगतीको प्रशंसा गर्दै शुमकामना मन्तब्य राख्नुभएको थियो । सभामा अध्यक्ष बसन्त आचार्यले बार्षिक प्रगति प्रतिबेदन, यस्तै सचिब सञ्जय प्रसाद साहले आर्थीक बर्ष ०८०÷०८१ को प्रगति प्रतिबेदन र आर्थिक बर्ष ०८१÷०८२ को प्रस्ताबित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । लेखा सुपरिवेक्षण समितिका संयोजक रामहरी पंडितले लेखा सुपरिवेक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए । यस्तै कोषाध्यक्ष भिम बहादुर बिकले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष बसन्त आचार्यको सभापतित्वमा सम्पन्न सभाको संचालन कोषाध्यक्ष भिम बहादुर बिकले गरेका थिए भने स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष बासुदेब अधिकारीले राखेका थिए । साधरण सभामा कलाकार ध्रुब कोइरालालाइ सम्मान गरिएको थियो । कलाकारिता मार्फत समाजसेवामा योगदान पुराएको भन्दै कलारकार कोइरालालाई सम्मान गरिएको थियो । संस्थाले शेयर सदस्यहरुका लागि भन्दै चिठ्ठा मार्फत पुरस्कार बितरणको कार्यक्रम राखेको संस्थाका अध्यक्ष बसन्त आचार्यले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles