Friday, April 10, 2026

सहकारी संस्थाहरुले अस्वस्थ्य प्रतिस्पर्धा गर्न नहुने पुर्वमन्त्री भट्टराईको भनाई

ताजा / भरखरै प्राप्त

रौतहट, १० मंसिर ÷ रौतहट क्षेत्र नं। ४ क का प्रदेश सभा सदस्य एवं मधेश प्रदेशका पुर्व उद्योग तथा पर्यटन मन्त्री युवराज भट्टराई ‘समिर’ ले सहकारी संस्थाहरुले अस्वस्थ्य प्रतिस्पर्धा गर्न नहुने बताउनु भएको छ । सोमबार रौतहटको चन्द्रनिगाहपुरमा रहेको नव बिकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ स्थापना दिवशको अबसरमा पुर्वमन्त्री भट्टराईले यस्तो बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री भट्टराईले एउटा सहकारीको ऋण नतिर्ने ऋणीलाइ अर्को सहकारीले ऋणमा दिनलाई हतार गर्दा समस्या आएको बताउनु हुदै त्यस्ता ऋणीलाई पहिचान गरेर ऋण लगाउनुको साटो कारवाहीको दायरामा ल्याउने समय आएको बताउनु भएको छ । जनताको बचत सुरक्षित गर्ने जिम्मा पाएको सहकारीहरुले अनुत्पादक क्षेत्रमा लगानी गरेका कारण त्यस्ता सहकारीहरु जोखिममा रहेको उहाको धारणा थियो । निति,बिधि र बिधान अनुसार चलेका सहकारी संस्थाहरुमा कुनै पनि किसिमको जोखिम नरहेको संसद भट्टराईले प्रष्ट पार्नुभएको छ । मधेश प्रदेशमा सहकारी ऐन बन्ने क्रममा रहेको हुदा सल्लाह र सुझाब दिन समेत प्रदेश संसद भट्टराईले आग्रह गर्नुभयो । उहाले अव सरकारीलाई जनताको विश्वासिलो बनाउनका लागि सवै सहकारीले एकजुट भई अगाडि बढ्नुपर्ने बताउनुभयो । जनताको बचत सुरक्षित छ भन्ने कुरा जनतालाई बुझाउन सक्नुपर्छ भन्नुहुदै पुर्वमन्त्री भट्टराईले संचालकहरुले पनि उद्देश्यभन्दा बाहिर जान नहुने बताउनुभयो । यसैगरी रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष बिभु कुमार पोखरेलले रौहतटमा सहकारी संस्थाको अबस्था बारे प्रकाश पार्नुभएको थियो । बिधि र बिधान अनुसार संचालन नभएका सहकारीहरु मात्रै जोखिममा रहेको अध्यक्ष पोखरेलले बताउनु भएको छ । जुन संस्थाका संचालकहरुले सहकारीको मर्म र धर्म बुझेको हुन्छन त्यस्ता सहकारीमा कुनै समस्या नभएको अध्यक्ष पोखरेलको भनाई छ ।
त्यस्तै चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख शेख नसरे आलमले चन्द्रपुर नगर क्षेत्रमा सहकारीको बारेमा चर्चा गर्नुभएको थियो । चन्द्रपुरमा सहकारीको भाबना बिपरित संचालन भएका सहकारीहरु जोखिममा रहेको उहाले बताउनु भएको छ ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं। ६ का वडा अध्यक्ष सहदेब केसीले सहकारी नियम अनुसार चल्नु पर्ने धारणा राख्नुभएको थियो ।
संस्थाको १७ औ स्थापना दिवशको कार्यक्रममा वाड नं। ५ का वाड अध्यक्ष निलहरी कोइराला,वाड नं। ७ का वाड अध्यक्ष बिष्णु प्रसाद उप्रेती,स्वस्तीक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेन्द्र राना,सफल बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष देबकी नेपाल,बिन्दबासी साकोसका अध्यक्ष गोबिन्द कोइराला,चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बासु अधिकारी,मुलघर कृषि सहकारी संस्थाका अध्यक्ष महेन्द्र चौलागाई,चण्डेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष दुर्गा आचार्य,उन्तशिल महिला साकोसकी अध्यक्ष सुभद्रा नेपाल,राष्ट्रिय सहकारी बैक चपुर शाखाकी प्रमुख रुपा थापा लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
स्थापना दिवशको अबसर पारेर नब बिकाश बचत तथा ऋण सहकारी संस्थाले छात्रबृती कोष समेत स्थापना गरेको छ । संस्थाका सल्लाहकार दुर्गा प्रसाद चिमोरियाले ५० हजार,संस्थाका मुख्य ब्यबस्थापक यज्ञ प्रसाईले २० हजार सो कोषमा जम्मा गर्ने उदघोष गर्नुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles