Friday, April 10, 2026

चन्द्रपुर घुम्न जाउ गीत चर्चामा, सापकोटाको भिडियो पनि सार्वजनिक

ताजा / भरखरै प्राप्त

रौतहट÷ रौतहटको चन्द्रपुर नगरपालिका भित्र रहेको पर्यटकीयस्थलको प्रचार प्रसारलाई सहयोग पुग्ने हेतुले रौतहटको चन्द्रपुर नगरपालिका वाड नं। ८ सन्तपुर निवासी बालकृष्ण सापकोटाले सांगितिक कोशेली ‘चपुर घुम्न जाउँ।।’ गीतको भिडिओ सार्वजनिक गरेका छन । सापकोटाले आफ्नो गृहनगर चन्द्रपुरको ऐतिहासिक तथा धार्मिक महत्व दर्शाएर गीत लेखेका हुन् ।चन्द्रपुरको पर्यटकीयस्थलको प्रचारप्रसारको लागि लेखिएको गीतमा अहिलेका चर्चित गायक रविराज शाह र गायिका मेलिना राईको स्वर रहेको छ । गीतको भिडिओको छायाँकनमा चन्द्रपुरका ऐतिहासिक सांस्कृति, धार्मिक तथा पर्यटकीय ठाउँ समावेश गरिएको छ ।
भिडिओको कन्सेप्टपनि स्वयम गीतकार सापकोटाको हो । भिडिओको निर्देशन भने देवेन्द्र कुशवाहले गरेका छन भने गीतको कम्पोज गायक शाहको हो । यो भिडियो गीत रविराज शाह अफिसियल यूट्टुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
मधेस प्रदेशको रौतहट जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चन्द्रपुरको आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले उक्त गीत निर्माण गरिएको गीतकार सापकोटाले बताए । गीतकार सापकोटाको चपुर घुम्न जाउँ पहिलो गीत हो । गीतकार सापकोटाको सुन्दर शब्द, चर्चित गायक शाह र राईको सुमधुर स्वर तथा कुशवाहाको सानदार भिडियो सम्पादनमा तयार भएको यो गितलाई अहिले यूट्युब च्यानलमा छोटो समयमै भाईरल भएको छ । पर्यटकिय क्षेत्रको रुपमा बिकाश हुदैगइरहेको चन्द्रपुर नगर क्षेत्रको प्रचार प्रसारमा यस गितले महत्वपुर्ण भुमिका निर्वाह गर्ने गितकार सापकोटाले बताएका छन । रौतहटको पर्यटकीय स्थल तथा धार्मिक स्थलको विश्वसामु प्रचार प्रसार गर्नका लागि सापकोटाको पहिलो प्रयास सराहनीय रहेको स्थानीय सौरभ कार्कीले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles