Friday, April 10, 2026

नेल्टा रौतहटको कमाण्ड शाक्यको हातमा

ताजा / भरखरै प्राप्त

रौतहट÷ नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) रौतहट जिल्ला कमिटीको चौथो वार्षिक साधारण सभा २०८१ मङ्सिर १५ गते शनिबारका दिन कमिटीका सभापति आशाराम साहको अध्यक्षता एवम् चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख दिपेन्द्र कुमार मण्डलको प्रमुख आतिथ्यतामा मुनलाइट एकेडमी चन्द्रपुर रौतहटमा सम्पन्न भयो । उक्त कार्यक्रममा मधेस प्रदेश नेल्टा कमिटिका सभापति डा। बिनोद साहको बिशिस्ट आतिथ्यता रहेको थियो। अन्य अतिथीमा अनिलकुमार निधि, सचिन्द्र प्रसाद यादव, श्याम किशोर चौधरी ,दिपक घिमिरे , नारायण बहादुर कार्की , किशोर पराजुली, रोशनी पौडेल रहनु भएको थियो।
नेल्टा रौतहटका सदस्य कृष्णा चौधरीले स्वागत मन्तब्य तथा मुनलाइट एकेडेमीका प्राचार्य श्याम किशोर चौधरी, ले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
उक्त वार्षिक साधारण सभाकै अवसरमा बागमती प्रदेश नेल्टा कमिटिका वरिष्ठ उपाध्यक्ष श्री किशोर पराजुली ले “classroom management and English as a better medium of Instruction ” शीर्षकमा 60 जना प्रशिक्षार्थीहरुलाइ सहजीकरण गर्नु भएको थियो ।
साथै, उक्त साधारण सभाले पंचरत्न शाक्यको अध्यक्षतामा आगामी तीन वर्षका लागि नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा)रौतहट जिल्लाको कार्य समिति सर्वसम्मतले चयन गरेको छ। जसमा उपाध्यक्ष जामुन प्रसाद यादव, सचिवमा उपेन्द्र राज काफ्ले उत्तम , सहसचिवमा सुरेन्द्र कुमार कर्ण, कोषाध्यक्षमा सियाराम साह, सदस्यहरूमा जनक नारायण चौधरी , कृष्णा चौधरी , संजय कुमार यादव, रुपक परियार, राजु कुमार यादव, कपिलदेव राय यादव , हेमन्त कुमार मिश्रा, शेख नसरे आलम चयन हुनु भएको छ।
मुनलाइट एकेडेमीको सहकार्यमा नेल्टा रौतहटद्वारा आयोजना गरिएको गरिएको उक्त कार्यक्रममा जन जागृति मा वि सिन्दुरेघारी , मध्य रौतहट बहुमुखी क्याम्पस गरुडा, जनता मा बी कटहरिया, जनप्रीय मा वि मैरा, गौरीशंकर क्याम्पस निजगढ, जेभियर ईन्स्टिच्युट गौर, होलिभिजन एकेडेमी सन्तपुर, नमुना बोर्डिङ स्कुल चन्द्रपुर, जन ज्योती बुक्स एन्ड स्टेसनरी चन्द्रपुरले सहभागी तथा अतिथिहरुलाइ स्टेसनरी , मायाको चिनो तथा खादा ब्यवस्थापनमा सहयोग गर्नु भएको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles