रौतहट÷ रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको हात्तिदमार युवा क्लवको आयोजनामा भएको महिला नकआउट फुटवल प्रतियोगिताको उदघाटन खेलमा बागमती युवा क्लव सर्लाही विजयी भएको छ । शनिवार भएको उदघाटन खेलमा आयोजक हात्तिदमार युवा क्लवलाई बागमती युवा क्लवले पराजित गरेको हो । निर्धारित खेल समयभित्र बागमती युवा क्लवले ४ गोल गर्न सफल भएको थियो भने आयोजक हात्तिदमार युवा क्लवले सान्त्वना १ गोल गर्न सफल भयो । उदघाटन खेलमा बागमती युवा क्लवका बर्षा बोली ओमेन अफ द म्याच घोषित भएकी थिइन । उनलाई चन्द्रपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दुत्त बहादुर थिङ(बुद्ध)ले नगद पुरस्कार तथा ट्रफी प्रदान गर्नुभएको थियो । उदघाटन खेलमा शुभकामना मन्तव्य दिनुहुदै प्रमुख अतिथी वडा अध्यक्ष थिङले वडामा हरेक खेलकुदलाई प्राथमिकता दिदै आएको भएपनि महिला फुटवलले गरेको प्रगतिले यसतर्फ लगानी अझ आवश्यक रहेको बताउनुभयो । महिला फुटवललाई अझ व्यवस्थित गर्न आफु सवैंसंग सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा वडा न.६ का वडा अध्यक्ष सहदेब के. सी, रौतहट फुटवल संघका अध्यक्ष भगवान दर्लामी(बुद्ध), वडा सदस्य तथा महेन्द्र मा बि का बिधालय ब्यबस्थापन समितिका अध्यक्ष सन्जिब कुमार कुश्वार माझी,बल सँघका जिल्ला अध्यक्ष श्री भगवान दर्लामी महेन्द्र मा बि का प्र . कमला थापा, नेकपा माओवादी चन्द्रपुर नगर कमिटीका अध्यक्ष टीका बहादुर आचार्य, राजु परियार, मीन मोक्तान, नरराज आचार्य, कृति बिक्रम कुश्वार, सन्तलाल कुश्वार, बिश्वास घलान, शिक्षक रामशरण मैनाली बलराम उप्रेती लगायत अन्य अथितिहरूको उपस्थिति रहेको थियो । दर्शकहरूको बाक्लै उपस्थिति रहेको उक्त कार्यक्रम संचालन रौतहट जिल्ला फुटबल संघका महासचिव मधुसूदन धितालले गर्नु भएको थियो । कार्यक्रम हात्तिदमार यूवा क्लवका अध्यक्ष प्रेम कुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो । यसैवीच आइतवारको खेल रौतहट महिला फूटबल क्लव र निजगढ फूटबल क्लव ९ल्ँऋ० बिच हुने छ । प्रतियोगितामा विजेता टिमले नगद २०,००० ,मेडल र ट्रफि तथा उप विजेता टिमले नगद १०००० मेडल र ट्रफि प्राप्त गर्नेछन् भने हरेक बिधाका उत्कृष्ट खेलाडी लाई ट्रफि नगद १००० र हरेक म्याच को ओमेन अफ म्याचलाई नगद १००० र ट्रफि प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ ।
