रौतहट,२९ मंसिर÷ राष्ट्रिय सहकारी बैंकको एकाइ २ महोत्तरीको बर्दिवासमा भएको २१ औ बार्षिक साधारणसभामा संकल्प साकोसलाइ मधेस प्रदेशको उत्कृष्ट सस्थाको रुपमा सम्मानित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले संकल्प साकोसलाई सम्मान पत्र प्रदान गर्नु भएको हो । संकल्प साकोसले सदस्य केन्द्रीयताका कार्यक्रमहरु ,सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु,सदस्य सेवा ,सस्था निति विधि र प्रबिधिमैत्री बन्नु,सामुहिक नेतृत्व र प्रजातान्त्रिक नियन्त्रण प्रणाली ,छाता संघ तथा सहकारी बैंकलाई आफ्नो आन्तरिक कारोबारको केन्द्र मान्ने जस्ता पक्षलाई सस्थाले अबलम्बन गरेकोले नै सस्था सम्मानित भएको संस्थाका अध्यक्ष गणेश पौडेलले जानकारी दिनुभयो । अध्यक्ष पौडेलले संस्थालाई प्राप्त सम्मानका लागि योग्य बनाउन आदरणीय शेयर सदस्य ज्युहरु,पुर्व तथा बर्तमान संचालक समिति ,लेखा सुपरिवेक्षण समिति, सल्लाहकार ,विभिन्न उपसमिति ,कर्मचारी ,राष्ट्रिय सहकारी बैंक परिवार प्रति आधार व्यक्त गर्नुभयो ।
