Friday, April 10, 2026

सफल साकोसको १६ औं बार्षिक साधारण सभा सम्पन्न

ताजा / भरखरै प्राप्त

रौतहट ÷ रौतहटको चन्द्रपुरमा रहेको सफल बचत ऋण सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाको उदघाटन गर्नु हुदै प्रमुख अतिथी रौतहट बचत तथा ऋण सहकारी संघका महासचिब देब प्रसाद सापकोटाले सफल साकोस रौतहट जिल्लाकै उत्कृष्ट सहकारी बन्न सफल भएको बताउनु भयो । उहाले शेयर सदस्य सफल साकोसका गहना भएको बताउनु हुदै उहाले संस्थाको आगामी दिनमा आफ्नै भवनबाट कार्यालय संचालनको तयारी गर्नु बचतकर्तालाई भरोसा दिलाउने काम भएको बताउनुभयो । सुनमा सुगन्ध भने झै संस्थाले गरेको राम्रो कामलाई व्यवसायसंग जोडिएको पाउदा खुसी लागेको बताउनुभयो । सस्थाको बार्षिक साधारण सभामा चन्द्रपुर नगरपालिका वडानम्बर ६ का अध्यक्ष सहदेब केसीले भरोसा योग्य काम, बचतकर्ताको सफलप्रतिको झुकावले पनि सफल आफै सफल हुदै गएको बताउनुभयो । कार्यक्रममा संचारकर्मी संजय कार्कीले सफलको बार्षिक साधारण सभाको सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा चन्द्रपुर नगर उधोग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटा, नबबिकास साकोसका अध्यक्ष राजेन्द्र तिबारी, स्वरोजगार सकोसका पुर्ब अध्यक्ष कल्पना दाहाल, उन्नतीशित साकोसका अध्यक्ष सुभद्रा नेपाल, हातेमालो साकोसका अध्यक्ष दिपक घिमिरे, यातायात मजदुर साकोसका अध्यक्ष कुल प्रसाद अधिकारी, संकल्प साकोसका प्रतिनिधि तथा संचारकर्मी सुब्बा कार्की, संचारकर्मी सञ्जय कार्कीले सफल साकोसको बार्षिक साधारण सभाको सफलताको शुभकामना दिनुभयो । संस्थाले रौतहट बचत तथा ऋण सहकारी संघका पुर्ब अध्यक्ष कालिन्धी घिमिरे र खडक बहादुर बम्जन लाई श्रष्टा सम्मान गरेको छ । संस्थाका अध्यक्ष देबकी नेपालले सहकारी अभियानलाई निरन्तरता दिदै यस सस्थाले उदेश्य उनुरुप शेयर धनि महानुभावको हकहित बमोजिम हुने गरी आर्थिक तथा समाजिक दायित्व निर्वाह गर्दै आईरहेको उहाँको प्रतिवेदनमा उल्लेख रहेको छ । संस्थाले शेयर सदस्यलाई व्यवसाय तथा उद्यमसंग जोडनका लागि विभिन्न सामाग्री उत्पादन थालनी गरेको समेत जानकारी दिनुभयो । २९ जना साथीहरु जम्मा भई २०६६ साल अषाढ ३१ गते बाट दर्ता गरी रु २९०० शेयर पुजीबाट कार्य आरम्भ गरेको यस संस्था १५ औ बसन्त पार गरी १६ औ वर्षमा प्रवेश गर्दा शेयर सदस्यहरु १४३० जना रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles