Friday, April 10, 2026

कार्यादेश भन्दा अगाडि नै काम गरेर विवादमा तानिए वडा अध्यक्ष राउत

ताजा / भरखरै प्राप्त

रौतहट खबर समाचारदाता
रौतहट÷ देशको शासन सत्ता लगायत सवै काम कानुनी प्रक्रिया अनुसार हुनुपर्ने प्रावधान रहेको छ तर चन्द्रपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष वलराम राउत यतिखेर कानुन भन्दा माथि भएको प्रष्ट देखिन्छ । कानुनी प्रक्रिया पुरा नगरी बागमती पुल देखि दक्षिणतर्फ चन्द्रपुर नगरपालिका वडा नं. १ मा नदीमा तटबन्ध गरेर वडा अध्यक्ष वलराम राउत विवादमा तानिएका हुन् । कुनै पनि विकास निर्माण लगायतका काम गर्दा सम्बन्धित निकायसंग लिखित अनुमति लिएर मात्र काम गर्नुपर्ने कानुनी प्रावधान रहेको भएपनि आफ्नो पछाडि नेपाली काग्रेस रौतहटका सभापति तथा अर्थमन्त्री जितेन्द्र यादव,नेपाली काग्रेस मधेश प्रदेश सभापति कृष्णा यादव लगायत रहेको भन्दै वडा अध्यक्ष राउतले ढोल पिट्दै कानुन विपरित काम गरेर उनीहरुलाई समेत विवादमा तान्ने काम गरेका छन् । जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय रौतहटले दिएको तथ्यांक अनुसार रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा मात्र यस बर्ष बागमती नदीको तटबन्ध निर्माण कार्य गर्न भन्दै ७ वटा उपभोक्ता समिति गठन गरि काम भइरहेको छ । रु. ५० लाखभन्दा माथिको काम गर्दा ठेक्का मार्फत गर्नुपर्ने कानुनी व्यवस्थालाई लत्याउदै एउटै कामलाई सात टुक्रा पारेर भ्रष्टाचार गर्ने प्रमुख श्रोत बनाएका छन् । मन्त्रालय,विभाग,डिभिजन सिचाईकै सेटिङमा एउटै कामलाई सात टुक्रा पारी ठेक्का प्रक्रियाबाट उम्केर उपभोक्ता समिति मार्फत आफुखुसी काम गर्न यस्तो हर्कत गरेका हुन् । उक्त योजनामा ४७ लाखको ६ वटा र ४१ लाखको एउटा उपभोक्ता समिति गठन गरी कुल ३ करोड २३ लाखको काम भइरहेको छ । सम्झौता मिति २०८२ जेठ ११ भएपनि काम सोभन्दा अगाडिबाट नै भइरहेको स्थानीयको भनाइ छ । सम्झौता मितिभन्दा करीव २ महिना अघि देखि नै उक्त क्षेत्रमा काम भइरहेको श्रोतले जानकारी दिएको छ । वडा अध्यक्ष राउतले कानुनी राज्यको धज्जी उडाउदै नियोजित रुपमा ठेक्का मार्फत जा“दा उक्त राम्रै कमाई हुने काम आफुलाई नपर्ने भएपछि उपभोक्ता समितिमा राखेर काम गरेको बुझिएको छ । बजेटको रकम हेर्दा पनि ५० लाख कटेपछि ठेक्का प्रक्रियामा जानुपर्ने भएपनि उक्त योजनालाई ७ टुक्रा पारेर उपभोक्ता समिति मार्फत आर्थिक अनियमितता गर्न खोजेको प्रष्ट देखिन्छ । उक्त उपभोक्ता समिति गठनको समयमा प्रभावित क्षेत्रका जनताहरुमध्येबाट आफ्नो पार्टीका र आफु अनुकुलका व्यक्तिलाई उपभोक्ता समितिमा राखेर काम भने आफु मातहतका कार्यकर्ताबाट गर्दै आएका छन् । बागमती नदी तटबन्ध गर्ने स्थानबाट ठू्रलो मात्रामा गिट्टी,ढुंगा बाहिर लगेको श्रोतले जानकारी दिएको छ ।
कामको वारेमा व्यापक विरोध र टिका टिप्पणी भएपछि प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का नेतृत्वको अनुगमन टोलीले वैशाखको अन्तिम साता झाडा टार्ने किसिमको अनुगमन गरेर फर्किएको थियो । अनुमति विना काम गरेको,तटबन्धको नाममा हजारौ टिपर बागमती नदी किनाराको ढुंगा,गिट्टी राजस्व विनै अनियमितता गरेको र कानुनी प्रक्रिया पुरा नगरी नदीमा काम गरेको,बजेट कहा“ र कति आएको भन्ने सुनिश्चिचता नभएको विषयमा स्थलगत रुपमा बुझ्न जनदवाव आएपछि अनुगमनमा आएका प्रमुख जिल्ला अधिकारी खड्काले उल्टै काम राम्रो गरेको प्रशंसा गर्दै चन्द्रपुर नगरपालिकाका नगर प्रमुखले काममा समन्वय नगरेको भन्दै फर्किएका थिए । तर(शुक्रवार) प्रमुख जिल्ला अधिकारी खड्काले पुनः काम राम्रो भएपनि कानु्नी प्रक्रिया अनुसार नगरे उत्पन्न हुने समस्याको सम्बन्धित व्यक्ति वा उपभोक्ता समिति जवाफदेही हुने भन्दै आफु पन्छिन खोजेका थिए । यस बारे जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय रौतहटका प्रमुख भक्त बहादुर लालले भने विगतका बर्षहरुमा पनि यस्ता काम मौखिक रुपमा गरिदै आएको र पछि सम्झौता गरेको उल्लेख गर्दै केन्द्र,प्रदेश सरकारसंग मौखिक अनुमति लिएर काम गर्न दिएको जवाफ दिएका थिए । श्रोतले दिएको जानकारी अनुसार यसरी काम गर्ने र पछि सम्झौता गर्दा ठू्लो रकम बचत हुने भएकोले प्रदेशका मन्त्री,पार्टीका प्रमुखलाई समेत रकमको विटो बुझाउने सर्तमा काम गरेको बुझिएको छ । कामको विरोध भएपछि लगानी फस्ने डरले यतिखेर विभिन्न शक्ति केन्द्रमा धाउदै विल निकाल्न दवाव दिएको बुझिएको छ । गोप्य रुपमा काम गरेको अवस्थामा अचानक संचारमाध्यममा समाचार प्रकाशन प्रसारण भएपनि रन्थनिएका वडा अध्यक्ष राउतले हल्ला सामसुम पार्न ठूलो रकम खर्च गरेको श्रोतको दावी छ । यही जेष्ठ २१ गतेदेखि काम बन्द रहेको स्थानीयले बताएका छन् । यस्तो अवस्थामा विल भुक्तानीको लागि आफु अनुकुलका मन्त्री,पार्टीका नेता लगायतसंग हारगुहार गरेको श्रोतले जनाएको छ । गलत प्रक्रियाका विरुद्ध बागमतीका सचेत नागरिकहरु अख्तियारसम्म पुगेका छन् । गलत काम गर्नेलाई अख्तियारले सजय दिनेछ–स्थानीयले अख्तियारप्रति आशा राखेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles