Friday, April 10, 2026

चुनावी प्रक्रियाद्धारा मुनलाइट एकेडेमीमा क्याप्टेन छनौट

ताजा / भरखरै प्राप्त

चन्द्रपुर÷रौतहटको चन्द्रपुरमा रहेको मुनलाइट एकेडेमी स्कुलले विद्यालयका लागि क्याप्टेन,भ्वाइस क्याप्टेन र हाउस क्याप्टेन छनौटको लागी प्रत्यक्ष निर्वाचनमा मार्फत छनौट गरेको छ । निर्वाचन प्रक्रियाका बारेमा जानकारी दिने तथा विद्यार्थीहरुलाई आफुलाई मन परेको व्यक्तिलाई छनौट गर्नका लागि स्थानिय तह तथा संघिय संसदको निर्वाचनको झल्को दिने गरि विद्यालयले निर्वाचनमा बिद्यार्थी उमेदवारहरु प्रतिस्पर्धामा उत्रिएका थिए । निर्वाचन प्रक्रिया झै एक हप्तादेखि भएको गृहकार्य तथा उम्मेदवार छनौट,भोटमाग्ने तरिका, मौन अवधि लगायत सवै प्रक्रियाका बारेमा जानकारी दिइएको विद्यालयका प्रधानाध्यापक श्यामकिशोर चौधरीले जानकारी दिनुभयो । विद्यालयमा स्कुल क्याप्टेन , स्कुल भाईस क्याप्टेन ,रेड हाउस क्याप्टेन , रेड हाउस भाईस क्याप्टेन ,ब्लु हाउस क्याप्टेन , ब्लु हाउस भाईस क्याप्टेन ,ग्रीन हाउस क्याप्टेन , ग्रीन हाउस भाईस क्याप्टेन र एल्लो हाउस क्याप्टेन र एल्लो हाउस भाईस क्याप्टेन सहित १० पदको लागी भएको निर्वाचनमा ४२ जनाले उमेदवारी दिएको बिद्यालयका प्रधानाध्यापक श्याम किशोर चौधरीले जानकारी दिनुभयो ।
आज सम्पन्न निर्वाचनमा स्कुल क्याप्टेनमा नैतिक चौधरी र स्कुल भाईस क्याप्टेनमा राहुल गुप्ता बिजयी भएका छन । यसैगरी रेड हाउस क्याप्टेनमा रियाना खड्का,रेड हाउस भाईस क्याप्टेनमा कृति चौधरी,ब्लु हाउस क्याप्टेनमा आरभ बन्जारा,ब्लु हाउस भाईस क्याप्टेनमा समृद्धि राई,ग्रीन हाउस क्याप्टेनमा दिपेन्द्र पटेल ग्रीन हाउस भाईस क्याप्टेनमा उपास्ना पौडेल,एल्लो हाउस क्याप्टेनमा विकेस कुमार साह र एल्लो हाउस भाईस क्याप्टेनमा धिरेन्द्र यादव बिजयी भएको प्रधानाध्यापक चौधरीले जानकारी दिनुभयो । बिद्यार्थीहरुलाइ निर्वाचनको बारेमा जानकारी गराउने उदेश्यले निर्वाचन प्रक्रियाबाट बिद्यालयका क्याप्टेन भ्वाइस क्याप्टेन चयन गरेको सोही बिद्यालयका कोअर्डिनेटर हरि कोइरालाले जानकारी दिनुभयो । निर्वाचनमा सोही बिद्यालयमा कक्षा २ देखी कक्षा १० सम्मका बिद्यार्थीहरुले मतदान गरेको कोअर्डिनेटर कोइरालाले जानकारी दिनुभएको छ । निर्वाचनमा ८ सय १३ मतदाता मध्ये ७ सय ६ जनाले मतदान गरेको उहाले जानकारी दिनुभयो । केही मत बदर भएपनि समग्रमा विद्यार्थीहरुले निर्वाचन प्रक्रियाका बारेमा जानकारी लिएको विद्यालयका प्रधानाध्यापक श्यामकिशोर चौधरीले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles