Friday, April 10, 2026

ट्राफिक जनचेतनामूलक सप्ताहमा सडक नाटक

ताजा / भरखरै प्राप्त

रौतहट÷ ट्राफिक जनचेतनामूलक सप्ताहको चौथो दिन आइतवार चन्द्रपुरस्थित हिमालयन होटल अगाडि सडक नाटक प्रस्तुत गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको समन्वयमा भएको सडक नाटकमा कलाकारहरुले सडक दुर्घटना हुनुको कारण,ट्राफिक नियम पालना नगर्दा हुने समस्या,जनधनको क्षति लगायतका विषयलाई उठान गरेको थियो । ट्राफिक प्रहरीलाई पनि नियम पालना गराउदा आइपर्ने दवाव,प्रभाव र अभावलाई समेत उक्त सडक नाटकले जिवन्त दिएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार राई, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमख लोकेन्द्र अधिकारी, नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष संजय कार्की,चन्द्रोदय वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा समाजसेवी बसन्त आचार्य,महिला सुरक्षा दवाव समूहका अध्यक्ष देवकी नेपाल,कमला पाण्डे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले ट्राफिक नियम पालनाका लागि नागरिक आफै सचेत हुनुपर्ने बताउनुभयो । नागरिक सचेत भए नियम कानुनको पालना गर्ने र दुर्घटनामा कमी आउने भएकोले सचेतनाका लागि पनि समुदायलाई नै परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles