रौतहट, ७ असार÷रौतहटको गढीमाई नगरपालिकाको १२ औं नगर सभा–२०८२ शनिवार सम्पन्न गरेको छ । गढीमाई नगरपालिकाको समनपुर स्थित कार्यपालिका भवनमा आज विहान कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादवले ब्यानर पढेर उदघाटन गर्नुभयो । आर्थीक बर्ष २०८२ ÷ २०८३ को विनियोजन गरिएको बजेट प्रस्तुत गर्दै नगरप्रमुख श्यामप्रसाद यादवले ५४ करोड ९१ लाख ७२ हजार १०८ रुपैया बराबरको बजेट घोषणा गर्नुभयो । नगरप्रमुख यादवले घोषणा गरिएको उक्त बजेटमा समानीकरण अनुदान (संघिय सरकार) तर्फ ११ करोड २१ लाख, सशर्त अनुदान (संघिय सरकार) तर्फ २५ करोड ५७ लाख, राजस्व बाँडफाँड (संघिय सरकार) तर्फ १० करोड ८७ लाख ६५ हजार १ सय ८ रुपैया विनियोजन गरिएको बताउनुभयो ।
यसैगरी प्रदेश सरकारबाट विनियोजन गरिनेमा समानीकरण अनुदान ७७ लाख ४९ हजार, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख, राजस्व बाँडफाँड तर्फ ६३ लाख ५८ हजार, सशर्त अनुदान तर्फ ९५ लाख, सडक बोर्ड नेपाल ४० लाख, राजस्व बाडफाड स्थानीय सरकार मालपोत तर्फ २ करोड तथा आन्तरिक श्रोत तर्फ २ करोड गरेर कुल ५४ करोड ९१ लाख ७२ हजार १०८ रुपैयाको बजेट गढीमाई नगरपालिकाको लागि आउदो आर्थिक बर्षको लागि नगरप्रमुख यादवले ल्याएको सार्वजनिक गर्नुभयो ।
कुल बजेट मध्ये ३५ करोड ७६ लाख २३ हजार १०८ रुपैया चालु तर्फ र १९ करोड १५ लाख ४९ हजार पुंजिगत तर्फ बजेट प्रस्तुत गर्दै आर्थिक बर्ष २०८२ र २०८३ को नीति तथा कार्यक्रम बाचन गर्दै गढीमाई नगरपालिकाको नागरिकलाई शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, धार्मिक लगायतका क्षेत्रमा उल्लेखनिय कार्यहरु भएको स्मरण गराउदै मेरो नगरपालिका म बनाउ“छु भन्ने नारालाई सार्थक बनाउन आउदो दिनहरुमा यस पालिकालाई अन्य पालिका भन्दा अघि बढाउने नगरप्रमुख यादवले प्रतिबद्धता व्यक्त गर्नुभयो ।उक्त कार्यक्रममा उपनगरप्रमुख स्मिता यादवले स्वागत मन्तव्य राख्नुभएको थियो । नगरप्रमुख यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट माथि वडाध्यक्षहरुले आ आफना विचार व्यक्त गरेको गढिमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिए ।

