गरुडा÷संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मधेश प्रदेशमा रहेको गरुडा नगरपालिका समृद्धि तर्फ अगाडि बढिरहेको बताउनु भएको छ । शुक्रवार गरुडा नगरपालिकाको १३ औं नगर अधिवेशनको उदघाटन सत्रमा शुभकामना मन्तव्य राख्नु्हुदै मन्त्री गुप्ताले नगर अधिवेशनमा सवै दलका जनप्रतिनिधिहरु मिलेको देख्दा संघीय संसदमा भने यतिका सचेत नभएको पाइएको बताउनुभयो । उहाले गरुडा नगरपालिकामा समावेशी रुपमा हरेक पार्टीबाट निर्वाचित जनप्रतिनिधि रहेको हुदा यहा शान्ति एवं सौहादपूर्ण रुपमा विकासका कार्यहरु सम्पादन भईरहदा आफूलाई खुशी लागेको बताउनुभयो । मन्त्री गुप्ताले पालिकालाई विकसित कसरी बनाउने, विकासको संरचनाहरुलाई कसरी बढाउने, जनमुखी बजेट विनियोजन कसरी गर्ने, पारदर्शी रुपमा कामलाई कसरी अगाडी बढाउने जस्ता कार्यलाई गरुडा नगरप्रमुख कन्थमणि प्रसाद जयसवालले राम्रो ढंगबाट अघि बढेको देख्दा आफू गौरवान्वित भएको बताउनुभयो । नगरपालिकाले तयार गरेको बजेटलाई कसरी जनताहरु समक्ष विकासको ढाचालाई पुर्याउने, सिंह दरवारको अवधारणालाई आम मानिसलाई अनुभुति गराउदै देशको समग्र विकासमा स्थानीय तहको भूमिका निकै महत्वपूर्ण हुने मन्त्री गुप्ता बताउनुभयो । अहिले स्थानीय तहमा बढेका विकृति एवं विसंगतिलाई अन्त्य गर्नका लागि सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो ।
गरुडा नगरको उपनगरप्रमुख पुनम कुमारी चौधरी आर्थिक बर्ष २०८२÷२०८३ को आर्थिक प्रस्ताव पेश गर्दै वित्तिय समानिकरण अनुदान १३ करोड ४० लाख, राजस्व बाँडफाँड तर्फ ११ करोड ४८ लाख ५६७, आन्तरिक आय तर्फ १० करोड ८८ लाख, संघिय सरकारबाट प्राप्त सशर्त अनुदान चालु २३ करोड ७३ लाख २० हजार, सशर्त अनुदान पूँजिगत ३ करोड ४१ लाख, प्रदेश राजस्व बाँडफाँडबाट प्राप्त अनुदान ३० लाख, प्रदेश समपुरक अनुदान २० लाख गरेर ६९ करोड २६ लाख १७ हजार ३६७ रुपैयाको आय र त्यतीकै व्यय सम्बन्धी बजेट प्रस्तुत गर्नुभयो ।
नगरप्रमुख कन्थमुणी प्रसाद कलवारले अधिवेश समापन गर्दै नगरको विकासका निमित्त त्याग तपस्या र योगदान गर्न तयार रहेको बताउनुभयो । उहाले नगर समृद्ध गर्नका लागि आफु जस्तो सुकै चुनौतीको सामना गर्न तयार रहेको बताउनुहुदै अव गरुडा नगरपालिक चाडै समृद्ध हुनेमा आशावादी भएको बताउनुभयो ।
