रौतहट १० असार । “आर्थीक विकास र उन्नतीका आधारः पूर्वाधार, कृषि, उद्यम र रोजगार” भन्न मुल नाराका साथ रौतहटको परोहा नगरपालिकाको ९ औं नगर सभाको उदघाटन सत्र सम्पन्न भएको छ ।
परोहा नगरपालिकाको लौकाहा स्थित निर्माणाधिन कार्यपालिकाको प्रशासकीय भवनमा आयोजित ९ औं नगरसभामा नगरप्रमुख एवं सभाध्यक्ष शेख वकिलले अगामी आर्थीक बर्ष २०८२ ÷ २०८३ को नीति तथा कार्यक्रमका साथै आर्थीक आय व्यय सार्वजनिक गर्नुभएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै नगरप्रमुख शेख वकिलले प्रदेशमै परोहा नगरपालिका पूर्ण रुपमा व्यवस्थित रहेको छ । सवै राजनीतिक दलको साथ सहयोगका कारण शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, महिला बालबालिका तथा जेष्ठ नागरिक, समाजिक विकास तर्फ लगायत सबै क्षेत्रमा उल्लेखनिय प्रगति गर्दै परोहा नगरपालिकाका राज्यमै एउटा उदाहरणको रुपमा उभिदै गएको हुदा यो सबै स्थानीय नागरिकको कारण सम्भव भएको बताउनुभयो । उहाले जनताको आवश्यकतालाई नगरपालिकाले प्राथमिकता दिएकै कारण विवाद रहित रुपमा नगरपालिका अगाडि बढिरहेको बताउनुभयो । कृषि,शिक्षा,पुर्वाधार लगायतलाई प्राथमिकता दिएर नगरपालिकाले जनताको मन जित्ने सफल भएको बताउदै अवका दिनमा अझ जनप्रिय काम गर्न आफुहरु तयार रहेको बताउनुभयो ।
नगरप्रमुख शेख वकिलले अगामी आर्थीक बर्ष २०८२ र २०८३ मा संघिय, प्रदेश र आन्तरिक आय गरेर ५३ करोड ६७ लाख ८२ हजार ६४ रुपैयाको बजेट प्रस्तुत गर्नुभयो । प्रमुख अतिथि नेपाली काँग्रेस रौतहटका सचिव रामचन्द्र गिरीले परोहा नगरपालिकामा सवै समुदायसंग मतभेद नभएका कारण विकास निर्माणका कार्यहरु अगाडी बढाइएको चर्चा गर्दै सामाजिक विभेदलाई सदभाव कायम गर्न सफल भएका कारण अहिले पूर्ण रुपमा शान्त भई विकासको कार्यहरु द्रुत गतिमा अगाडी बढेकोमा खुशी व्यक्त गर्नुभयो । परोहा नगरपालिकामा शिक्षा, स्वास्थ्य, कृषि, सिंचाई लगायतका आवश्यक सम्पूर्ण पूर्वाधारहरुको विकास गरिएको हुदा यहाका स्थानीय सरकारबाट प्रवाह भईरहेको सेवाबाट यहाँका नागरिकहरु पूर्ण सन्तुष्ट रहेको दाबी गर्नुभयो ।
उपप्रमुख सुगान्धी गिरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत महम्मद महफुज, इन्जिनियर दिपेन्द्र यादव, वडाध्यक्ष र वडा सचिवले ९ औं नगर सभाको पूर्ण सफलताको कामना गर्दै परोहा नगरपालिका स्थापना काल देखि नै गरेका रचनात्मक विकास निर्माण देखि लिएर हरेक क्षेत्रमा देखाएको अग्रिणी भुमिकाका कारण आज चौतफी सराहना भईरहेको बताउनुभयो । आउदो दिनहरुमा पनि अझ बढि सुधार एवं नगरवासीलाई आवश्यक पर्ने खालका योजनाहरु संचालन गराएर आत्मनिर्भर बनाउने तर्फ जोड दिइने स्पष्ट पार्नुभयो । नगरसभामा स्थानीयको पनि सहभागिता रहेको थियो ।
