रौतहट÷ रौतहट चन्द्रपुरका स्थानीय युवा गीतकार श्यामहरि चौलागाईंको आधुनिक गीत ‘कतै जिन्दगीले’ सार्वजनिक भएको छ । नया बर्ष २०८३ को अवसर पारेर सार्वजनिक गरिएको गीतमा मनोहर सुनामको संगीत तथा संगीत संयोजन रहेको गीत ‘कतै जिन्दगीले’ मा प्रविन बेडवालको स्वर रहेको छ । रौतहटकै धर्तिमा जन्मिएका भोला पौडेलको रेकर्डिङ, मिक्सिङ एवं मास्टरिङ रहेको गीत ‘कतै जिन्दगीले’ लाई साउन्ड डिजाइन रेकर्डिङ स्टुडियो नक्सालमा रेकर्ड गरिएको हो । ‘कतै जिन्दगीले’ गीतको लिरिकल भिडियो बनाइएको छ । म्युजिक खबर भिडियो च्यानलबाट ‘कतै जिन्दगीले’ गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीतकार चौलागाईले करीव १२ बर्षअघि श्रृजना गरेर राख्नुभएको गीतलाई यतिखेर स्वर,संगीत भरेर सार्वजनिक गरिएको हो । साहित्यमा रुचि राख्ने चौलागाईको गीत गजलहरु सामाजिक संजालमा पहिलेदेखि नै आइरहेकोमा पहिलोपटक आम श्रोताको लागी अडियो सार्वजनिक गरिएको शब्दहरु अत्यन्तै मर्मस्पर्शी छन् । चौलागाईको शब्दलाई आम श्रोताहरुले मन पराएर गीतकारलाई यस्ता मीठा मीठा शब्दहरुको संगम सहीत पुनःअन्य गीतहरू आम श्रोता सामु ल्याउन प्रेरणा मिल्नेछ भन्ने स्थानीय गीतकार वसन्त आचार्यको भनाई रहेको छ ।
