रौतहट खबर संवाददाता
चन्द्रपुर÷ केही दिनदेखि रौतहटको जंगल प्रवेश गरेको जंगली हात्तिले चन्द्रपुर नगरपालिकाको विभिन्न वडाहरुमा क्षति पु¥याएको छ । पछिल्लो समय रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ नया“वस्तीका आस बहादुर पाख्रिनको घरमा क्षति पु¥याएको छ । राती करीव १२ बजेको समयमा आएको एउटा हात्तिले पाख्रिन सुुतेको एक तले घरमा उनलाई सुडले छोएपछि आत्तिएका पाख्रिन भित्तामा टा“सिएर गाउलेसंग गुहार मागेका थिए । सोही समयमा भित्तामा टासिएर बसेका पाख्रिनलाई पुनः सुडले धकेलेपछि पाख्रिनको होस हवास उडेको उनले बताए । गाउलेहरुले होहल्ला गरेपछि हात्ति नयाबस्तीबाट नर्सरीतर्फ प्रवेश गरेर हात्तिसार नजिकबाट खोला तरेर चन्द्रज्योति सामुदायिक वन क्षेत्र तर्फ जाने क्रममा किसानहरुले लगाएको धानबाली कुल्चिएर क्षति पु¥याएको चन्द्रपुर नगरपालिका वडा नं. २ का स्थानीय बद्री आचार्यले बताउनुभयो । किसानहरुले लगाएको धानबालीमा कुल्चिएर बाहेक खासै क्षति नपु¥याएको उहाले जानकारी दिनुभयो । सो हात्तिले चन्द्रपुर वडा नं. २ कै रैयाटोलमा पनि केरा र धानबाली नष्ट गरेको बुझिएको छ । यस अघि सोही हात्तीले चन्द्रपुर नगरपालिका वडा नं. ४ का किसानहरुको धानीबाली नष्ट गरेको थियो । त्यसैगरी वडा नं. ३ का किसानहरुको धान तथा केरा बालीमा क्षति पु¥याएको वडा अध्यक्ष बोधनाथ देवकोटाले जानकारी दिनुभयो । क्षति पुगेको किसानहरुको तथ्यांक संकलन गर्ने काम भइरहेको बुझिएको छ ।
