Friday, April 10, 2026

स्वास्थ्यक्षेत्रमा सुधार आवश्यक छ – प्रदेश सभा सदस्य भट्टराई

ताजा / भरखरै प्राप्त

रौतहट खबर समाचारदाता
चन्द्रपुर ÷ रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य युवराज भट्टराई(समिर)ले स्वास्थ्य महत्वपूर्ण रहेकोले यसलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ९ सिन्दुरेधारीमा रहेको ग्रामीण स्वास्थ्य सेवा केन्द्र नेपालको १० औं बार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुदै प्रदेश सभा सदस्य भट्टराईले स्वास्थ्य जीवनको प्रमुख पाटो भएकोले यसलाई गुणस्तरीय बनाउदै जनताको पहुचसम्म पु¥याउने काममा प्रदेश सरकारसंग समन्वय गरेर स्वास्थ्य केन्द्रलाई सुविधासम्पन्न बनाउन पहल गर्ने समेत बताउनुभयो । उहाले हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउनुपर्ने भएतापनि हरेक वडा तथा गाउटोलमा स्वास्थ्य केन्द्रको पहुच पु¥याउन सके जनताहरु स्वास्थ्यसेवाबाट बञ्चित हुन नपर्ने बताउनुभयो । उहाले अव चन्द्रपुर नगरपालिकासंग समन्वय गरेर हरेक स्वास्थ्य र्चौकी तथा स्वास्थ्य केन्द्रमा सरकारले तोकेको मापदण्डको औषधि तथा ल्यावको लागि पहल गरिने बताउनुभयो । सोही कार्यक्रममा प्रदेश सभा सदस्य युवराज भट्टराई(समिर)ले ग्रामीण स्वास्थ्य सेवा केन्द्र नेपालको नव निर्मित भवनको सा“चो ग्रामीण स्वास्थ्य सेवा केन्द्र नेपालका संचालक समिति अध्यक्ष खड्ग बहादुर कार्कीलाई हस्तान्तरण गर्नुभयो । सो स्वास्थ्य केन्द्रमा आसपासका नजरपुर,चेतनगर,मरधर, सिन्दुरेधारी, विनवाटोल, बरेवा लगायतका गाउहरुबाट विरामीहरुले सेवा लिन आउने गरेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । अव विस्तारै स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न बनाउने कामका लागि नगरपालिका, प्रदेश तथा केन्द्रसंग समन्वय गर्ने लक्ष्य रहेको उहाले जानकारी दिनुभयो । हाल सो स्वास्थ्य केन्द्रबाट निशुल्क पाइने औषधि, विमाका औषधि लगायतको सेवा सुविधा उपलब्ध हुदै आएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles