Friday, April 10, 2026

पार्टी रुपान्तरण सहितको अभियान घर घरमा पु¥याउने लक्ष्य सहित प्रेस सेन्टर रौतहटको बैठक सम्पन्न

ताजा / भरखरै प्राप्त

रौतहट खबर समाचारदाता
चन्द्रपुर ÷पार्टी रुपान्तरण सहितको अभियान घर घरमा पु¥याउने लक्ष्य सहित प्रेस सेन्टर रौतहटको बैठक सम्पन्न बुधवार सम्पन्न भएको छ । रौतहटको चन्द्रनिगाहपुरमा बसेको प्रेस सेन्टर नेपाल रौतहट जिल्ला समन्वय समितिको बैठकले विभिन्न निर्णय समेत गरेको छ । नेकपा माओवादी केन्द्र चन्द्रपुर नगर कमिटिको कार्यालयमा बसेको बैठकले माओवादी केन्द्रले तोकेको पार्टी रुपान्तरण सहितको तिन महिने अभियानका बारेमा संचारकर्मीसंग छलफल गरेको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा तिन महिने अभियानका रौतहट जिल्ला ईन्चार्ज क्षेत्र वहादुर श्रेष्ठ (अनिल) ले नेकपा माओवादी केन्द्रको तिन महिने अभियानमा जनताको उत्साह पाएको बताउनुभयो । “जनतास“ग माओवादी विशेष रूपान्तरण अभियान” अन्तर्गत भेटघाट तथा भेला, बैठक लगायतका विविध कार्यक्रमले निरन्तरता पाएको उहाको भनाई छ । गाउ गाउमा पुगेर सर्वसाधरणको गुनासो वा समस्या बुझने काम पार्टीका नेताहरुले गरिरहेको उल्लेख गर्दै उहाले माओवादीले जनसम्बन्ध र सम्पर्क बढाउनका लागि अभियान ल्याएको स्प्रष्ट पार्नुभयो । जनसम्बन्ध सुधार गर्न अहिले जनताको घरदैलोमा नेताहरु पुगिरहेको उल्लेख गर्दै अब सम्बन्ध सुधार हुने र कमी कमजोरीका बारेमा समीक्षा गर्दै पार्टीलाई उचाईमा पु¥याउने लक्ष्य सहित अगाडि बढेको उहाले बताउनुभयो । पार्टी नेतृत्वले नै कमजोरी स्वीकार गरेर जनतासग जाने निर्णय लिएकोले पार्टीलाई थप सशक्त बनाउन यस अभियानले सहयोग पुग्ने विश्वास उहाकोे छ । यस अभियानले पार्टीका नेता तथा कार्यकर्तामा उत्साह जगाएको र जनताको राम्रो प्रतिक्रिया पाएको उहाले धारणा राख्नुभयो । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष डिल्ली वहादुर कार्की (सुव्वा) को अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका नेता तथा चन्द्रपुर वडा नं. ६ का वडा अध्यक्ष सहदेव के.सी, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मनोज साह, नेकपा माओवादी केन्द्रमा नेता राजु धामी, चन्द्रपुर नगर कमिटिका अध्यक्ष टिका आचार्य, उपाध्यक्ष चेत प्रसाद वोलखे, गोविन्द तिमल्सिना लगायतको उपस्थिती रहेको थियो । नेकपा माओवादी केन्द्रको तिन महिने अभियानका लागि प्रेस सेन्टर नेपालले खेल्नु पर्ने भुमिकाका बारेमा छलफल गरिएको प्रेस सेन्टर नेपाल मधेश प्रदेशका सचिव ओम किशोर चौधरीले जानकारी दिनुभयो । यस अभियानमा पार्टीले गरेको राम्रो काम जनतासमक्ष नपुगेका कारण पार्टी प्रति जनताको सोचाई नकारात्मक भएका कारण अव सत्य कुरा जनतासमक्ष पु¥याउने काम संचारकर्मीले गर्नुपर्ने उहाले जानकारी दिनुभयो । कार्यक्रममा प्रेस सेन्टर नेपाल, रौतहट जिल्ला समन्वय समितिका पदधिकारीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो । नेकपा माओवादी केन्द्रले देशभरी भदौ १६ देखि संचालन गरेको जनतासग माओवादी विशेष रूपान्तरण अभियान जारी राखेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles