रौतहट खबर समाचारदाता
चन्द्रपुर ÷रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको महेन्द्र माध्यमिक विद्यालय रैयाटोलको १४ औ विद्यालय व्यवस्थापन समिति गठन भएको छ । विद्यालयको प्रागणमा भएको अभिभावक भेलाले सर्व सहमत रूपमा विद्यालय व्यवस्थापन समितिको प्रमुख चार जना सदस्यहरु चयन गरेको छ । सदस्यहरुमा क्षेत्र बहादुर भोलन, धन बहादुर राना,संगीता राई र कान्छी राई चयन भएका छन् । कार्यक्रमको प्रमुख अतिथी चन्द्रपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दुत्त बहादुर थिङ(बुद्ध) रहनु भएको थियो भने विशिष्ट अतिथीहरुमा चन्द्रपुर नगरपालिका कार्यपालिका सदस्य कल्याण राज कुस्वार, चन्द्रपुर नगरपालिका शिक्षा शाखाका जुना तिमल्सिना, विद्यालयका संस्थापक सदस्य शन्तराम राई ,अभिभावक संघ अध्यक्ष भरत राज उप्रेती , नेकपा माओवादी केन्द्र चन्द्रपुर नगर कमिटीका अध्यक्ष टीका आचार्य रहनु भएको थियो । त्यसैगरी निवर्तमान विद्यालय व्यवस्थापन समितिका सदस्य कुल बहादुर बस्नेत, कृति बिक्रम कुस्वार,रामचन्द्र कर्माचार्य ,भिम बहादुर गुरुङ,यादब उप्रेती ,सन्त लाल कुस्वार,दिनेश थापा ,दिनेश श्रेष्ठ ,राजु परियार , टीका कार्की ,नरराज अचार्य , फुलचन राई,कृष्ण राई,दिल कुमारी राई,अम्बिका कार्की लगायत रहनु भएको थियो । उक्त कार्यक्रममा उल्लेख्य रुपमा अभिभावकहरु ,शिक्षक तथा कर्मचारीहरुको उपस्तिथि रहेको थियो । कार्यक्रमको अध्यक्षता निबर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जिव कुमार कुस्वार माझीले गर्नु भएको थियो । विद्यालयका प्रधानाध्यापक कमला थापाले शैक्षिक विकास प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष दुत्त बहादुर थिङ(बुद्ध)ले शैक्षिक क्षेत्रमा सुधार भए समाज परिवर्तन सम्भव हुने बताउनुभयो । उहाले गुणस्तरीय शिक्षाको लागि आफु सदैव सहकार्य गर्न तयार रहेको बताउनुभयो । सो अवसरमा प्रधानँध्यापक थापाले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय व्यवस्थापन समितिको महत्वपूर्ण योगदान रहने बताउनुभयो । उहाले विद्यालयमा हुने हरेक गतिविधिमा विद्यालय व्यवस्थापन समितिको साथ र सहयोग रहे महेन्द्र माध्यमिक विद्यालयलाई नगरकै उत्कृष्ट विद्यालय बनाउन सकिने बताउनुभयो । उक्त कार्यक्रममा विद्यालयले गरेको प्रगतिको प्रतिवेदन सन्जिव कुमार कुस्वारले प्रस्तुत गर्नु भएको थियो । आर्थिक बर्ष २०७९÷०८० को आय व्यय प्रतिवेदन राजेन्द्र प्रसाद जायसवालले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम संचालन शिक्षक दिल बहादुर थापा ज्यु ले गर्नु भएको थियो ।

