Friday, April 10, 2026

आजदेखि सिधा खबर दैनिक नियमित प्रकाशन हुदै

ताजा / भरखरै प्राप्त

रौतहट खबर संवाददाता
चन्द्रपुर,२८ असोज ÷ रौतहटलाई कार्यक्षेत्र बनाएर आजदेखि सिधा खबर दैनिकले आफ्नो प्रकाशनको शुरुवात गरेको छ । पत्रिकाको आज एक कार्यक्रमका वीच नेपाल पत्रकार महासंघ नेपालका केन्द्रिय सदस्य तथा बरिष्ठ पत्रकार शिव पुरीले विमोचन गर्नुभयो । विमोचन कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदे निष्पक्ष पत्रकारितालाई आत्मसात गर्दै समाजमा देखिएका विसंगति,विकृतिलाई निस्तेज पार्न यस दैनिक पत्रिकाले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाले पत्रकारितामा देखिएको विकृतिलाई यस सिधा खबर दैनिकले सुधार्दै लैजानका लागि पुलको काम गर्ने विश्वास व्यक्त गर्नुभयो । पत्रकारप्रति सभ्य समाजले हेर्ने दृष्टिकोणलाई यथास्थानमा राख्नका लागि पनि सवै संचारकर्मी साथीहरु निष्पक्ष पत्रकारिता गर्न सुझाव दिनुभयो । रौतहटको पत्रकारिताप्रति समाजमा देखिएको नैराश्यतालाई हटाउने काममा सवै संचारकर्मीलाई एकढिक्का भएर लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रेस युनियन नेपालका केन्द्रिय सदस्य संजय कार्कीले पत्रकारिता पेशा संकटको अवस्थामा रहेपनि दैनिक पत्रिका निकाल्ने जमर्काे गरेकोमा खुसी व्यक्त गर्नुहुदै समाजले पत्रकारप्रति राखेको विश्वासलाई सदैव कायम गर्नुपर्ने बताउनुभयो । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य रमेश तिमल्सिनाले सिधा खबर दैनिक पत्रिकाले प्रकाशन शुभारम्भ गरेकोमा खुसी व्यक्त गर्दै जनताले पाउने सूचनालाई दिन कन्जुस्याई नगर्न आग्रह गर्नुभयो । कार्यक्रममा तराई एक्सप्रेस दैनिकका प्रकाशक प्रधानसम्पादक अशोक पहाडी,पत्रकार बाल विक्रम कार्की, राकेश यादव,मनोज तिमल्सिना,मुकेश कुमार साह, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मनोज कुमार साह,रुपेन्द्र पटेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सिधा खबर दैनिकका प्रकाशक डिल्ली बहादुर कार्की(सुब्बा) ले वर्तमान अवस्थामा पत्रकारिता पेशाप्रति देखिएको अविश्वसनियतालाई हटाउदै सकारात्मक सोचका साथ अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाले पत्रिकालाई नियमित रुपमा पाठक समक्ष ल्याउनका लागि सवै पक्षसंग सकारात्मक सहयोगको अपेक्षा गर्दै सत्य,तथ्य समाचार प्रकाशनका लागि कसैसंग पनि सम्झौता नगर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles