Friday, April 10, 2026

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेश प्रदेशद्धारा मुख्यमन्त्री यादवलाई ध्यानाकर्षण पत्र

ताजा / भरखरै प्राप्त

रौतहट खबर समाचारदाता
रौतहट÷नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेश प्रदेशले मुख्यमन्त्री सरोज कुमार यादवलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मुख्यमन्त्रीको कार्यालय जनकपुरमा संगठनका पदाधिकारी तथा नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीको पहलमा मुख्यमन्त्री यादवलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन । ध्यानाकर्षण पत्रमा अत्यावश्यक सामाग्र तथा खाद्यान ढुवानी गर्ने मालबाहक ट्रक, कन्टेनरमा काम गर्ने चालक, सहचालक, स्वरोजगार व्यवसायीहरुले देशको अर्थतन्त्रलाई गतिशिल बनाउने शक्तिको रुपमा उल्लेख गरेका छन् । करीव १ लाख ट्रक कन्टेनरमा अरबौं रुपैया निजी लगानी रहेको उल्लेख छ । पत्रमा करीव दुई लाख श्रमिकहरु प्रत्यक्ष रुपमा रोजगारीमा जोडिएको व्यवसायमा करीव १२ लाख मजदुरहरु यसै पेशामा आश्रित रहेका छन् । ध्यानाकर्षण पत्रमा रोजगारीको अवसर सिर्जना गर्दै देश र जनताको जीवनसंग जोडिएको ट्रकरुमा नेपाली मात्रको लगानी रहेको छ । यस पेशालाई व्यवस्थित गर्न सरकारले ध्यान दिन नसक्दा लगानी विस्थापित हुनुका साथै श्रमिकहरु असुरक्षित बन्दै गएको बताइएको छ । पेशा व्यवसाय संकटमा पर्नुको साथै आश्रीतको भविष्य समेत संकटमा परेको उल्लेख गरिएको छ ।
छिमेकी देश भारतको प्रभावले नेपालीको लगानी डुब्दै गइरहेको छ भने श्रमिकहरु बेरोजगार बन्ने अवस्थामा छन् । भारतसंग भएको पारवहन सम्झौता र नीतिगत निर्णयको समिक्षा गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा श्रमिक, स्वरोजगार, व्यवसायी तथा देशलाई अहित हुने र नेपाली लगानी र श्रमिकहरुलाई विस्थापित गर्ने त्रुटीपूर्ण सम्झौतालाई सच्याउन सरकार सकारात्मक रुपमा व्यवसायीको पक्षमा उभिनुपर्ने उल्लेख छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेश प्रदेशका अध्यक्ष अनिरुद्र झा तथा सचिव मनोज कुमार झाद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा विभिन्न बुदाहरु उल्लेख गरिएको छ । ति बुदाहरुमा भारतीय ट्रकहरु नियन्त्रण गर्ने बारे, रसुवागढी नाका बारे, सीमापारीको सुरक्षा बारे, प्रशासनीक झमेलाको अन्त्य बारे, चन्दा आतंक बारे, पार्कि· व्यवस्था वारे, सामाजिक सुरक्षा कोषमा आवद्धता बारे, राष्ट्रिय यातायात प्राधिकरण बारे, ऐन र नियमावली संशोधन बारे, सार्वजनिक सवारी साधनको मात्र आयु तोक्ने बारे, तौलपुल बारे, ट्राफिक समस्या बारे लगायत रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका मधेश प्रदेश उपाध्यक्ष रामकुमार कटुवालले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles