चन्द्रप्ुरचन्द्रपुर ६ मा रहेको चन्द्रपुर एकेडेमीले तिहारको अवसरमा देउसीभैलौं सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा एकेडेमीका विद्याथीहरुले तिहार सम्बन्धि गीतहरुमा आफ्नो नृत्य प्रस्तुती देखाएका थिए । सो अवसरमा कक्षागत रुपमा विद्यार्थीहरु बीचमा देउसीभैलोे प्रतियोगिताको पनि आयोजना गरिएको विद्यालयका प्रिन्सिपल गरिमा घिमिरेले जानकारी दिए । उनका अनुसार सो प्रतियोगितामा कक्षा ७ र ८ का विद्यार्थीहरुको समुह प्रथम भएको छ । विद्यालयले विद्यार्थीहरुलाई पढाइको सँगसँगै आफ्नो मौलिक धर्म, संस्कृति ,परम्परा बारेमा पनि जानकारी दिदैं त्यसको प्रयोगात्मक अभ्यास पनि गराउँदै आएको एकेडेमीका अध्यक्ष वसन्त कुमार आचार्यले बताए । उनले विद्यार्थीहरुमा सानै उमेरदेखि आफ्नो मौलिक परम्पराहरुको जानकारी दिनाले यसको संरक्षण र प्रवद्धनमा महत्वपूर्ण हुने भन्दै चन्द्रपुर एकेडेमी विद्यार्थीहरुलाई संस्कारयुक्त असल नागरिक बनाउने अभियान पनि लागेको जनाए । सो कार्यक्रममा संचारकर्मीहरु अशोक पहाडी, रमेश तिमल्सिना , सुब्बा कार्की , संगीत शिक्षक राम बहादुर घलान लगायतको उपस्थिति रहेको थियो ।
