Friday, April 10, 2026

नगरको शिक्षालाई व्यवस्थित गर्न कुनै कसर बाकी नराख्ने नगर प्रमुख काफ्लेको भनाई

ताजा / भरखरै प्राप्त

रौतहट खबर समाचारदाता
रौतहट÷रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले नगरको शिक्षालाई व्यवस्थित गर्न कुनै कसर बाकी नराख्ने बताउनु भएको छ । चन्द्रपुर नगरपालिका वाड नं. २ रैयाटोलमा रहेको महेन्द्र माध्यमिक विद्यालयको २ तल्ले ४ कोठे पक्की भवनको उद्घाटन गर्नुहुदै नगर प्रमुख काफ्लेले अव गुणस्तरीय शिक्षाका लागि चन्द्रपुर नगरपालिका भित्रका विद्यालयहरुलाई एकरुपताका साथ अगाडि बढाउने बताउनुभयो । उहाले विद्यालयमा भौतिक पुर्वाधार मात्र भएर नपुग्ने हुदा गुणस्तरीय शिक्षाका लागि विषयगत शिक्षकको व्यवस्था गर्न नगरपालिकाले कार्ययोजनाका साथ अगाडि बढिसकेको बताउनुभयो । उहाले चन्द्रपुर नगरपालिकाका सामुदायिक बिद्यालयमा पुर्वाधारको बिकाशका काम भइरहेको बताउदै गुणस्तरीय शिक्षाको बिकाशको लागी पनि सवै तह तप्काबाट काम भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा बोल्नुहुदै नगरप्रमुख काफ्लेले बिगतबाट सिकेर नगरपालिकाले शिक्षामा प्रतिफल आउने लगानी गरिरहेको बताउनुभयो । उहाले चन्द्रपुर नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयहरु मध्ये पछाडी परेको महेन्द्र माध्यमिक विद्यालयले गरेको प्रगतिप्रति गौरवान्वित हुदै शिक्षक,विद्यालय व्यवस्थापन समिति,अभिभावक र विद्यार्थी मिल्न सके परिणाम पनि सन्तोषजनक आउने बताउनुभयो । नगरप्रमुख काफ्लेले चन्द्रपुर नगर क्षेत्रका सामुदायिक बिद्यालयमा भवन निमार्ण,शौचालय निमार्ण,पुस्ताकालय संचालन,बिज्ञान सामाग्रीको ब्यबस्था लगायतका कामहरु तिब्र रुपमा भइरहेको बताउनुहुदै शिक्षा क्षेत्रको बिकाश भएमा मात्र समग्र समाजको बिकाश हुने हुदा आफुले पनि त्यस तर्फ ध्यान केन्द्रित गर्दै अगाडि बढेको बताउनु भयो । गुणस्तर शिक्षणको लागी चन्द्रपुर नगर क्षेत्रको शिक्षा क्षेत्रको बिकाशको लागी अझै १३ वटा बिद्यालयमा ४ कोठे भवन निमार्णको लागी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तरगत प्रस्ताब गरेको समेत नगर प्रमुख काफ्लेले बताउनु भयो । आफुले खासगरी पिछडिएका क्षेत्रका सामुदायिक बिद्यालयहरुको बिकाशको लागी योजना बनाइरहेको समेत उहाले बताउनुभएको छ । यसैगरी सो कार्यक्रममा चन्द्रपुर नगरपालिका वाड नं. २ का वडा अध्यक्ष दुत्त बहादुर थिङ(ब्ुद्ध)ले चन्द्रपुर नगरपालिकाले शिक्षा,स्वास्थ्यलाई प्राथमिकता दिएको बताउनुहुदै त्यसैको परिणाम विस्तारै देखिन थालेको बताउनु्भयो । पिछडिएको समुदायलाई लक्षित गरेर शिक्षा,स्वास्थ्यमा लगानी गरे जनता लाभान्वित हुने बताउनुभयो । चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले चन्द्रपुर नगरपालिका भित्र महिला प्रधानाध्यापक भएपनि कमला थापाले गरेको शैक्षिक विकासको उच्च प्रशंसा गर्नहुदै उहाले यसबाट अन्य विद्यालयले पनि सिक्नुपर्ने बताउनुभयो । भौतिक पुर्वाधार,शैक्षिक सुधार लगायतको काममा महेन्द्र माध्यमिक विद्यालय नगर भित्रका सामुदायिक विद्यालयको माथिल्लो स्तरमा रहेकोले अव अझै गुणस्तर शिक्षाका लागि आवश्यक मापदण्ड पुरा गर्दै शिक्षामा सुधार हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा माबि जुडिबेला ब्यबस्थापन समितिका अध्यक्ष गणेश पाण्डेले शिक्षालाई समय सापेक्ष परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । शिक्षाप्रेमी टिका बहादुर आचार्यले समग्र चन्द्रपुरमा शिक्षा क्षेत्रको अबस्था र समस्या बारे बोल्नु भएको थियो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष संजिब कुमार कुश्वारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सोही बिद्यालयका प्रधानाध्यापक कमला थापाले स्वागत मन्तब्य राख्नु भएको थियो । स्वागत मन्तव्यका क्रममा प्रधानाध्यापक थापाले चन्द्रपुर नगरपालिकाले पिछडिएको विद्यालयको रुपमा पहिचान गरी गरेको सहयोग, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकको सहयोगले विस्तारै प्रगति गर्दै गएको बताउनुभयो । अव विद्यालयमा ल्याव,हल तथा विद्यालय परिसरमा पर्खाल निर्माण गर्न सके गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सक्षम रहेको बताउनुभयो । सो बिद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तरगत चन्द्रपुर नगरपालिकाको सहयोग र श्रमदान गरेर ५२ लाख २ हजार ९ सय ९ रुपैयाको लागतमा निमार्ण कार्य सम्पन्न भएको थियो । यसैवीच सोही कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले आज आमाको मुख हेर्ने दिन स्थानीय आमाहरुलाई मिष्ठान्न भोजन गराउनु भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles