Friday, April 10, 2026

चन्द्रपुर नगरपालिकाले युवाहरुलाई आत्मनिर्भरको लागि मोटर ड्राईभि· तालिम दिन शुरु

ताजा / भरखरै प्राप्त

चन्द्रपुर÷रौतहट ४ जेष्ठ । रौतहटको चन्द्रपुर नगरपालिकाले युबाहरुको लागि आत्मनिर्भरको लागि भन्दै मोटर ड्राईभि· तालिमको शुभारम्भ गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा नगरपालिका भित्रका वेरोजगार युवाहरु लाई स्वरोजगार बनाउनका लागि मोटर ड्राईभि· तालिमको ब्यबस्था गरिएको हो । पायोनियर मल्टिपर्पस ड्राईभि· सेन्टरको प्राबिधिक सहयोगमा चन्द्रपुर नगरपालिकाले ६० जना युबाहरु लाई तालिम दिन लागेको हो । शुक्रबार बाट शुरु गरिएको तालिम २१ दिन सम्म चल्ने जनाइएको छ । मोटर ड्राईभि· तालिमको शुरुवात चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफलेले कार स्टार्ट गरेर संचालन गर्नुभयो । सो अवसरमा नगर प्रमुख संजय काफलेले आफनो नगर भित्र रहेको बेरोजगार युबा लक्षित कार्यक्रम संचालन गर्दै युवाहरुलाई स्वरोजगार तर्फ आकर्षित गर्न नगरपालिकाका सदैव तत्पर रहेको बताउनुभयो । उहाले विगतका बर्षहरुमा समेत नगरपालिकाले मोटर ड्राइभि· तालिम संचालन गरेका मध्ये कयौं युवाहरु सवारीचालक भएर काम गरिरहेको र उनीहरु आत्मनिर्भर भएको भन्दै नगरले गरेको राम्रो कामलाई निरन्तरता दिने बताउनुभयो । सीप बिना रोजगार नहुने भएकाले युबाहरु लाई सीप सिकाउदै लगिने नगरपालिकाको लक्ष्य अनुरुप मोटर ड्राईभि· तालिम संचालन गरिएको बताउनु भयो । चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण नीधि तिबारीले आत्मनिर्भर र रोजगार मुलुक कार्यक्रम नगरपालिकाले संचालन गदै आएको बताउनु भयो । उहाले नगरपालिकामा हरेक बर्गलाई लक्षित गरी उपलब्धीमूलक कार्यक्रम सहितको योजना बनाउन नगरपालिका लागिरहेको बताउनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles