रौतहट÷नेपाली सेनाद्वारा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा १४ सय भन्दा बढी स्थानीयवासीले निशुल्क स्वास्थ्य सेवा पाएका छन् । रौतहटको गढीमाई नगरपालिका समनपुर स्थित श्री शंकर गुदर माविको प्रा·णमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरको नेपाली सेना मध्य पूर्वी पृतनाको मार्ग निर्देशन, २८ नम्बर बाहिनी अड्डाको पहल तथा वीरदल गण र गढीमाई नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो । उक्त निशुल्क स्वास्थ्य शिविरमा करीव १४ सय भन्दा बढीले स्वास्थ्य परिक्षण गराएका थिए । सरोकारवाला निकायहरूको सहभागितामा विपन्न र स्वास्थ्यको पहु“चबाट वञ्चित स्थानीय समुदायहरूलाई लक्षित गरि निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको वीरदल गण रौतहट गौरका गणपति प्रमुख सेनानी गंगा विष्टले जानकारी दिनुभयो । स्वास्थ्यलाई ग्रामीण क्षेत्रसम्म पु¥याउन यस अघि पनि वीरदल गणका गणपति विष्टको विशेष समन्वयमा नेपाली सेनाले लक्षित वर्गलाई लाभ हुने अवस्थामा जनताको नेपाली सेना र नागरिक बिचको सम्बन्ध प्रगाढ होस भन्ने उद्देश्यले सञ्चालित स्वास्थ्य शिविरमा उल्लेख बिरामीले स्वास्थ्य सेवा लिएको प्रमुख सेनानी बिस्टले जानकारी दिनुभयो । नेपाली सेनाले गत बर्ष यस्तै किसिमको स्वास्थ्य शिविर चन्द्रपुर नगरपालिकाको वडा नं. ८ स्थित मोतिपुरमा सफलतापूर्वक सम्पन्न गरेको प्रमुख सेनानी विष्टले जानकारी दिनुभयो । शिविरको उद्घाटन कार्यक्रममा गढीमाई नगर प्रमुख श्यामबाबु यादवले स्वास्थ्य शिविरबाट विशेष गरी गढिमाई नगरपालिका र आसपास रहेको गरिब तथा आर्थिक रूपले विपन्न समुदायले रोगका विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य लाभ लिन पाउनु नगरवासीको सौभाग्य रहेको बताउनुभयो । उहाले नेपाली सेनाले आफ्नो नगरपालिका क्षेत्रमा गरेको वृहत स्वास्थ्य शिविरले गाउघरमा लुकेर बसेका रोगलाई समेत पहिचान गर्न सफल भएको बताउनुभयो । शिविरमा नेपाली सेनाको डाक्टर, प्रादेशिक अस्पताल गौर , चन्द्रूपुर अस्पताल, गौर आ“खा अस्पताल,चितवन मेडिकल कलेज लगायतबाट गरी २४ जना डाक्टरको टोलीले शिविरमा स्वास्थ्य सेवा प्रदान गर्नुभएका ेथियो । शिबिरमा पुरुष भन्दा बढी महिलाले स्वास्थ्यको परिक्षण गराएका थिए । शिबिरमा आखा,नाक,कान,घाटी,सुगर,गाइनो लगायत बिभिन्न रोगहरुको परिक्षण गरिएको थियो । उक्त शिविरमा चितवन मेडिकल कलेज, सिभिल होस्पिटल चन्द्रपुर, प्रादेशिक अस्पताल गौरका चिकित्सकहरुद्धारा विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।शिविरमा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल, नेपाल आई केयर सेन्टर गौर, त्रिनेत्र आखा अस्पताल गौरले ९ सय ७६ जना विरामीको आखाको परिक्षण गरिएको छ । ७८ जनालाई मोतिया विन्दु भएकाहरुलाई निशुल्क शल्यक्रिया गरिने, ३ सय ३६ जनालाई चस्मा र ३ सय ९८ जनालाई औषधी वितरण गरिएको जनाएको छ । गढीमाई नगरपालिकाको संयोजनमा सम्पन्न भएको सो निःशुल्क स्वास्थ्य शिविरमा लाइन्स क्लव चन्द्रनिगाहपुर, लाइन्स क्लव आफ फेमिना चन्द्रपुरले सहयोग गरेको थियो । प्रभु बैंक गौर शाखाले चिकित्सकहरुलाई खाजा, शिविरमा आउने विरामीहरुको लागि पानी, लगायतको सहयोग उपलब्ध गराइएको थियो । मध्य पूर्वी पृतना हेड क्वाटरको निर्देशनमा तथा २८ नम्वर बाहिनी को विशेष पहलमा आयोजना भएको शिविरमा सहायक रथी राजेन्द्रमणी गिरी, जिल्ला समन्वय समितिका सभापति रामअयोध्याय यादव, गढिमाई नगरपालिकाको मेयर श्यामप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, वीरदल गणका गणपति गंगा बहादुर विष्ट, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाई, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक अभिनय सिंह, वडा अध्यक्ष राम पुकार यादव, भुपु सैनिक प्रहरी संघ रौतहटका अध्यक्ष कृष्ण खड्का,लायन्स क्लवका बिनोद गुप्ता लगाएत समाजसेवीहरु, जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

