Friday, April 10, 2026

चन्द्रपुर नगरपालिकाको १३ औं बजेट अधिवेशन सम्पन्न, १ अर्व ८ करोडको बजेट प्रस्तुत

ताजा / भरखरै प्राप्त

रौतहट खबर समाचारदाता
रौतहट÷रौतहटको चन्द्रपुर नगरपालिकाको शुक्रवार १३ औ बजेट अधिवेशन सम्पन्न भएको छ । नगर सभा तथा बजेट अधिवेशनका प्रमुख अतिथि तथा रौतहट क्षेत्र नं. ४ का संघिय संसद देब प्रसाद तिमलसिनाले बिकाशको काममा सबै मिलेर अघि बढनुपर्ने बताउनुभयो । उहाले जनप्रतिनिधि जनताको नोकर भएकाले जनताको भावनामाथि खेलवाड गर्न नहुने बताउनुभयो । उहाले जनताको समस्याको बारेमा सबै तहका जनप्रतिनिधि एकमत भएर अगाडी बढनुपर्नेमा समेत सांसद तिमल्सिनाले जोड दिनुभयो । यसैगरी कार्यक्रमका विशिष्ट अतिथि तथा मधेश प्रदेश सरकारका उद्योग बाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई समिरले यस क्षेत्रको बिकाशको लागी प्रतिबद्ध भएर अगाडी बढने बताउनुभयो । रौतहट क्षेत्र नं. ४ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित मन्त्री भट्टराईले चन्द्रपुर नगर क्षेत्रको बिकाशको लागी तिनै तहको सरकार एक ठाउमा बसेर काम गर्न तयार हुनुपर्ने बताउनुभयो । सवैले आफ्नो ठाउबाट इमान्दारितासाथ काम गर्ने हो भने विकासले चाडै फड्को मार्ने बताउनुभयो । उहाले समन्वयको अभावमा चन्द्रपुर नगरपालिकाले विकासको गति लिन नसकेको तितो यथार्थ रहेको बताउनुहुदै अव तीनै तहका प्रतिनिधिहरुले जनताको विकास र समृद्धिका लागि काम गर्न आग्रह समेत गर्नुभयो । मन्त्री भट्टराईले मधेश प्रदेशमा पर्यटनको राम्रो सम्भावना रहेकोले यसबाट समेत स्थानीय तहमा पर्यटक भित्र्याउनका लागि आवश्यक समन्वय गर्न आग्रह गर्नुभयो । उहाले चन्द्रपुरको बिकाशका लागी एकमत भएर अगाडी बढने र भरपुर सहयोग गर्ने समेत मन्त्री भट्टराईको भनाइ रहेको थियो ।
यसैगरी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले आगामी बजेटमा जनताका योजना मात्रै समेटेर ल्याएको बताउनुभयो । उहाले साना साना योजनाहरुलाई एउटा बाकसमा राखेर जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने योजनालाई अवका दिनमा अगाडि बढाउने लक्ष्य रहेको बताउनुभयो । जहा जनताका समस्या छन त्याहा नगरपालिकाले बिकाशको योजना पुराउने नगर प्रमुखले बताउनुभयो । संघिय सरकार र प्रदेश सरकारको समन्वयमा पनि बिकाशका कामहरु भइरहको र आउदा दिनहरुमा पनि अझ शसक्त भएर सहकार्य गरेर अगाडी बढने नगर प्रमुख काफ्लेले बताउनुभयो । चन्द्रपुर नगरपालिका विकासको सवालमा सवै तहसंग समन्वय र सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुहुदै नगर प्रमुख काफ्लेले विकासका लागि चन्द्रपुरका जनताले आफुलाई सदैव साथ दिएको बताउनुभयो ।
१३ औं नगर सभाले आर्थिक बर्ष २०८१÷०८२ को. लागी १ अर्व ८ करोड १० लाख ४१ ह्जार रुपैया रकम बिनियोजन गरेको नगर उप प्रमुख जयमाला कुमारी चौधरीले जानकारी दिनुभयो । नगर प्रमुख संजय कुमार काफ्लेको अध्यक्षतामा सम्पन्न नगर सभामा चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारी,वाड नं. १ देखी १० सम्मका १० जना वाड अध्यक्ष ,कार्यपालिका सदस्यहरु,नगर सभा सदस्यहरु,कर्मचारी तथा संचारकर्मीहरुको सहभागिता रहेको चन्द्रपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बलराम राउतले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles