Friday, April 10, 2026

स्थानीयसंग सहकार्य गर्न प्रहरी तयार छ ः प्रहरी नायव उपरिक्षक राई

ताजा / भरखरै प्राप्त

रौतहट÷इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राज कुमार राईले यस क्षेत्रमा शान्ति सुरक्षा,चोरी लगायतका समस्या समाधान गर्न सवैसंग सहकार्य गर्न तयार रहेको बताउनु भएको छ । सोमबार स्थानीय संचारकर्मीहरुसंगको परिचयात्मक कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो । उहाले विशेष गरि यस क्षेत्रको समस्याका रुपमा रहेको लागु औषध कारोवार तथा सेवनलाई रोक्न समुदायसम्म पुगेर जनचेतना फैलाउनु पर्ने बताउनुहुदै समाज सचेत र सजग भए धेरै समस्याको समाधान हुने बताउनुभयो । उहाले चोरीका केही घटनाले यस क्षेत्रमा समस्या थपेको स्वीकार गर्नुहुदै मोटरसाइकल चोरी नियन्त्रणको लागि सिसीटिभी संचालन, जडान तथा थप सुविधा सम्पन्न गराउन सम्बन्धित निकायसंग समन्वय गरिने बताउनुभयो । चन्द्रपुरका केही होटलहरुमा हुने अवैद्य यौनधन्दाले गर्दा समाज लज्जित हुनुपरेकोले यसलाई सुधार गर्न आवश्यक रहेको औल्याउनुभयो । कार्यक्रममा कान्तिपुर दैनिकका शिव पुरीले प्रहरी र पत्रकारवीचको सम्बन्ध सुमधुर रहनु पर्ने बताउनु भयो । कार्यक्रममा पत्रकार संजय कार्कीले यस क्षेत्रका देखिएका समस्या समाधान गर्न प्रहरी सक्षम भएपनि समन्वयको अभावमा परिणाम नआएको बताउनुभयो । कार्यक्रममा चन्द्रपुरमा रहेका क्रियाशिल संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles