Friday, April 10, 2026

मैत्रीपूर्ण फुटवल प्रतियोगितामा संकल्प विजयी

ताजा / भरखरै प्राप्त

रौतहट÷ रौतहटको चन्द्रपुरमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्था लि.को १७ औं स्थापना दिवसको अवसरमा आयोजीत पहिलो दिनको कार्यक्रम अन्तर्गत संकल्प साकोस र चन्द्रपुर बैंकर्स वीच भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा संकल्प साकोस विजयी भएको छ । स्वर्गीय शेर बहादु दर्लामी स्मृति खेल मैदानमा भएको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा संकल्पले चन्द्रपुर बैकर्सलाई १ का विरुद्ध ४ गोलले जित निकाल्न सफल भएको थियो । अति नै सौहार्दपूर्ण,सभ्य र भब्यताका साथ प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेश पौडेलले रेफ्रीलाई वल हस्तान्तरण गरि शुरु गरिएको प्रतियोगिता अति नै रोमाञ्चक भएको थियो । कार्यक्रम समापनका क्रममा संस्थाका अध्यक्ष पौडेलले खेलकुदले सम्बन्ध सुधार हुनुका साथै स्वस्थ्य रहनका लागि पनि अनिवार्य रहेको बताउनुभयो । चन्द्रपुर बैकर्सका विष्णु कार्कीले संकल्पले राखेको मैत्रीपूर्ण फुटवल प्रतियोगिताले सम्बन्ध सुमधुर पार्न सफल भएकोले यस्ता प्रतियोगिता समय समयमा हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा संचालक समिति, लेखा सुपरिवेक्षण समिती,सल्लाहकार , विभिन्न उप समिति,कर्मचारी, शेयर सदस्यज्युहरु साथै विभिन्न बैंकका कर्मचारीहरुको उपस्थिति रहेको संस्थाका सचिव चिरन्जीवी गौतमले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles