रुद्र कुमारी कार्की
रौतहट÷रौतहटको मौलापुर नगरपालिकाले नेपाल पत्रकार महासंघ रौतहट शाखाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ आइतबार एक कार्यक्रम बिच सम्मान गरेको छ । सम्मान कार्यक्रममा रौतहट क्षेत्र नं. ३ का संघिय संसद तथा पुर्व मन्त्री प्रभु साहले शुभकामना दिनुहुदै पत्रकारितको मर्म र भावनालाई मर्न नदिन आग्रह गर्नुभयो । उहाले पत्रकारिताले सधै सत्य तथ्यलाई टेकेर अगाडि बढ्नु पर्ने बताउनुहुदै कसैको बहकाउमा लागेर गरिने पत्रकारिताले समाज सधै पछाडी पार्ने बताउनुभयो । निष्पक्ष र जनताको पक्षमा गरिने पत्रकारिता सधै अगाडि बढ्ने भएकोले जनताकै आवाजलाई प्राथमिकता दिन समेत आग्रह गर्नुभयो । आम जनता पार्टीका अध्यक्ष समेत रहनुभएका साहले समाजका बिकृती र बिसंगतीको बारेमा खुलेर समाचार लेख्न सुझाब दिनुभएको थियो । मौलापुर नगरपालिका नगरपालिकाले जनतालाई कुनै किसिमको कर नलिने गरेको मात्र होइन जनताले तिर्ने विद्युत समेत निशुल्क गरेर जनताको पक्षमा काम गरिरहेको बताउनुभयो । मौलापुर नगरपालिकाले गरेको असल कार्यलाई वर्तमान सरकारले अनुशरण गर्नुपर्ने समेत बताउनुभयो । सम्मान कार्यक्रममा मौलापुर नगरपालिकाकी प्रमुख रिना कुमारी साहले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ शुभकामना दिनुभएको थियो । सम्मानित नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्कीले पत्रकारितालाई व्यवसायिक बनाउनका लागि मौलापुर नगरपालिकासंग सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा संघिय संसद प्रभु साह,नगर प्रमुख रिना कुमारी साह,उप प्रमुख नागेन्द्र यादब र प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले सयुक्त रुपमा पत्रकारहरुलाइ सम्मान पत्र,दोसल्ला तथा माला लगाएर सम्मान गर्नुभएको थियो । सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्की,उपाध्यक्ष डिल्ली बहादुर कार्की(सुब्बा),महिला उपाध्यक्ष बिना श्रीवास्तब,सचिब गौतम श्रेष्ठ,सहसचिब जितेन्द्र श्रीवास्तब,अर्का सहसचिब दिनेश यादब,कोषाध्यक्ष संजय सहनी,सदस्यहरु रुद्र कुमारी कार्की,नन्दभुषण श्रीवास्तब,रामप्रवेश बैठा, प्रदेश सभा परिषद सदस्य रमेश तिमल्सिना लगायत रहनु भएको थियो ।

