Friday, April 10, 2026

गरुडा नगरपालिका र नेपाली सेनाको सहकार्यमा निशुल्क आखा शिविर शुरु

ताजा / भरखरै प्राप्त

रौतहट÷रौतहटको गरुडा नगरपालिकामा तीन दिनसम्म सञ्चालन हुने निःशुल्क आ“खा शिविरको औपचारिक रुपमा उदघाटन भएको छ । आईतबार शिविरको उद्घाटन गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल र नेपाली सेनाका मध्य पुर्वी पृतना हेडक्वाटरका पृतनापति सुदर्शन सिलवालले दीप प्रज्वलन गरी संयुक्त रुपमा उदघाटन गर्नु भएको थियो । यो आखा शिविर बिरदल गण, नेपाली सेना र तिलगंगा आखा अस्पतालको सहकार्यमा आयोजना गरिएको हो । गरुडा नगरपालिका र वरपरका अन्य पाच वटा पालिकाहरूको सहयोगमा संचालित शिविरमा गरुडा नगरपालिकाको वार्ड नं. ५ शिवनगरस्थित महम्मदपुर स्वास्थ्य चौकीको प्रा·णमा आयोजना गरिएको हो । गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले आफु सधै जनताको स्वास्थ्यप्रति सचेत रहेको उल्लेख गर्नुहुदै स्वास्थ्य र शिक्षाको लागि गरुडा नगरपालिकाले कुनै सम्झौता नगर्ने बताउनुभयो । उहाले जनता माझ स्वास्थ्य, खानेपानि र शिक्षालाई बढि प्राथमितामा राखेर आफु अगाडि बढेको बताउनुभयो । सोहि अनुरुप नगर प्रमुख जैसवालले आफ्ना नगरवासीलाई निशुल्क आखा शिविर कार्यक्रमको आयोजना गरेको बताउनु भयो । नगर प्रमुख जैसवालले गरुडा नगरपालिकाका नागरिकलाई मोतियाबिन्दु मुक्त बनाउने र स्वास्थ्य सेवाको पहुच सुनिश्चित गर्न शिविरको आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मानिसको आखा नै सबैभन्दा महत्वपूर्ण अंग भएको उल्लेख गर्दै आखा स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नु भयो । उहाले आखाको सुरक्षा जीवनभर ध्यान दिनुपर्ने र यसले मानिसलाई संसारको सही र गलत पक्ष पहिचान गर्न सहयोग पु¥याउने बताउनु भयो । तिलगंगा आँखा अस्पतालका प्रमुख डाक्टर रिता गुरु·ले आ“खालाई संसारको सबैभन्दा अमूल्य अंग भन्दै आखा सम्बन्धी कुनै पनि समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा जान आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि सेनानी मध्य पृतना प्रमुख सुदर्शन सिलवालले गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवाललाई यस्ता कार्यक्रमको पहल गरेकोमा धन्यवाद दिनु भयो । उहाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै सहयोगी हातहरूलाई पनि धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रममा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । हामीले समाचार तयार पर्दासम्म २९२ जना मोतिबिन्दु भएका बिरामीहरुको शल्यक्रिया भएको नगर प्रमुख जैसवालले बताउनु भयो । शिविरमा आखा सम्बन्धी समस्याका लागि विशेषज्ञहरूले निःशुल्क परामर्श दिईरहेका छन् । कार्यक्रमका आयोजकहरूले शिविरले विशेष गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनताका लागि लाभदायक हुने अपेक्षा राखेका छन् ।यो आखा शिविरले गरुडा नगरपालिका र आसपासका पालिकाहरूका नागरिकको आखा स्वास्थ्यमा उल्लेखनीय योगदान दिने विश्वास लिइएको छ । कार्यक्रममा राजपुर नगरपालिकाको नगर प्रमुख डा.राजिक आलम, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी,बिरदल गणका गणपति किशोर अधिकारी, गरुडा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत मोहम्मद मुस्ताक आलम,वार्ड वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सशस्त्र प्रहरीबल, नेपाली सेना, सयकडौं मोतियाबिन्दुका बिरामी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles