रौतहट÷ सामुदायिक,साझेदारी तथा धार्मिक बनको लागि आगामी आर्थीक बर्ष ०८२÷०८३ को योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ । हातेमालो सामुदायिक बन उपभोक्ता समुहको सभाहलमा सब डिभिजन बन कार्यालय स्तरीय गोष्ठी सम्पन्न भएको हो । डिभिजन बन कार्यालय रौतहटको आयोजनामा सामुदायिक बन उपभोक्ता महासंघ जिल्ला कार्यसमिति रौतहट, जिल्ला काष्ठ ब्यबसायी संघ रौतहट, रङ्गपुर साझेदारी बन उपभोक्ता समुह, हातेमालो सामुदायिक बन उपभोक्ता समुह, कोटिहोम धार्मिक बन उपभोक्ता समुहका साथै सरोकारवाला निकाय संगको समन्वयमा सब डिभिजन बन कार्यालय स्तरीय योजना तर्जुमा गोष्ठि भएको हो । गोष्ठिको उदघाटन गर्र्नुहुदै डिभिजन बन कार्यालय रौतहटका डिभिजनल बन अधिकृत हेमन्त प्रसाद साहले सरोकारवालाको सहयोग बाट बन संरक्षण हुने बताउनु भयो । उहाले बन संरक्षण, ब्यबस्थापन, संस्थागत बिकास र चोरी तस्करी नियन्त्रण गर्नु आजको आबश्यक्ता रहेको बताउनु भयो । समुदायको सहयोग विना वन संरक्षण सम्भव नभएकोले सामुदायिक वनको नीति अनुरुप काम भएको बताउनुभयो । सोही गोष्ठिमा सामुदायिक बन उपभोक्ता महासंघ जिल्ला कार्यसमिति रौतहटका अध्यक्ष बेदहरी दाहालले बन ऐन, नीयमाबली अनुरुप योजना बन्नु पर्ने बताउनु भयो । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्कीले योजना निर्माण गर्दा बन संरक्षण, बन्यजन्तुको संरक्षण पर्याबरणीय र पर्यटन पुर्बाधारको कार्य लाई समेत समेटिनु पर्ने बताउनु भयो ।चन्द्रपुर नगरपालिका वडानम्बर ८ का अध्यक्ष जीतेन्द्र चौधरीले आफु जनप्रतिनिधि हुन अगावै रङ्गपुर साझेदारी बन उपभोक्ता समुहको कार्यबाहक अध्यक्ष रहदा बन संरक्षणमा जुटदा आफु माथि डिभिजन बन कार्यालयका तत्कालिन बन प्रमुख अमरदेब यादबले अन्याय गरेको बताउनु भयो । कार्यालयको असहयोगले आफु १५ लाखको क्षतीमा परेको बताउनु भयो । समुह संग तत्कालिन बन प्रमुख यादबले ईन्धन माग गरेर ३ लाख रुपैया लिएको क्षती आफुले ब्यहोरेको बताउनु भयो । चन्द्रपुर नगरपालिका वडानम्बर ५ का अध्यक्ष नीलहरी कोईरालाले बन संरक्षणमा सबै पक्ष जुटनु पर्ने बताउनु भयो । बनअिधृकत राजेस साहले योजनाको बिषयमा प्रस्टयाउनु भएको थियो ।
हातेमालो सामुदायिक बन उपभोक्ता समुहका सचिब सरिता पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सब रङ्गपुर सब डिभिजन बन कार्यालयका अधिकृत अनिल महतोले गर्नु भएको थियो ।
