Friday, April 10, 2026

मुनलाईट एकेडेमीद्धारा २१ औ खेल सप्ताह शुरु

ताजा / भरखरै प्राप्त

रौतहट÷रौतहटको चन्द्रपुरमा रहेको मुनलाइट एकेडेमीद्धारा २१ औ खेल सप्ताह बुधबारबाट शुरु गरेको छ । चन्द्रपुर नगरपालिका वडा नं. ५ स्थित बिद्यालय प्रा·णमा आयोजित खेल सप्ताहको उदघाटन प्रमुख अतिथी चन्द्रपुर नगरपालिका वाड नं. ५ का वडा अध्यक्ष निलहरी कोइरालाले पानसमा दीप प्रज्ज्वलन गरेर गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि निलहरी कोइरालाले बिद्यार्थीहरुलाई अनुशासित बनाउन,शारीरिक बिकाशको साथै स्वास्थ्यको लागी खेल अति नै महत्वपुर्ण रहेको बताउनु भयो । मानिसहरु स्वस्थ्य रहन तथा सामाजिक बिकाशको लागी पनि खेलको अति नै महत्व भएको हुदा खेलजगतबाट समाजमा आफनो पहिचान बनाउनका साथै आर्थिक रुपमा समेत सवल हुने भएकोले खेलकुदलाई प्राथमिकता दिनु पर्ने बताउनुभयो । खेलकुदको कारण नै युवाहरु स्वरोगजार बनेको धेरै उदाहरणहरु रहेको बताउदै खेल बिद्यार्थीहरुको लागी अपरिहार्य रहेको भनाइ राख्नु भयो । रौतहटबाट महिला फुटवल खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरसम्म नाम राख्न सफल भएको उदाहरण प्रस्तुत गर्दै अध्ययनसंगै खेललाई पनि अगाडि बढाउनुपर्ने बताउनुभयो । यसैगरी कार्यक्रमका विशिष्ट अतिथी चन्द्रपुर नगरपालिका वाड नं. ६ का वडा अध्यक्ष सहदेब केसीले खेल स्वास्थ्यका लागि लागी अपरिहार्य भएको बताउनु भएको छ । मानिस स्वस्थ्य रहनका लागि विभिन्न खेलकुदप्रति आकर्षित भएकोले पनि खेलकुदलाई व्यवसायिक रुपमा संचालन गर्न नगरपालिका प्रतिबद्ध भएर लागेको बताउनुभयो । उहाले खेल जगतको जति बिकाश हुनुपर्ने हो त्यति नभएको र त्यसको लागी आफु सहयोग गर्न तत्पर रहेको समेत वडा अध्यक्ष केसीले बताउनु भयो ।
यसैगरी रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामीले विद्यालयस्तरमा पनि खेलकुदलाइ क्यालेण्डर बनाएर खेलाउनुपर्ने बताउनुभयो । रौतहट फुटवल संघका महासचिब मधुसुदन धिताल,रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष बिभु कुमार पोखरेल,पत्रकार रमेश तिमल्सिनाले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
बिद्यालयका प्राचार्य श्याम किशोर चौधरीको अध्यक्षतामा सम्पन्न भएको खेल सप्ताहको उदघाटन सत्रमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक राजकुमार राई,जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख लोकेन्द्र अधिकारी, रौतहट काष्ठ व्यवसायी संघका अध्यक्ष श्यामलाल ठोकर,नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष डिल्ली बहादुर कार्की,पत्रकार बाल बिक्रम कार्की,अशोक पहाडी,राकेश यादब,सन्तोष काफ्ले,रेडियो गुन्जन संचालक समितिका उपाध्यक्ष अबधेशहरी भट्टराई,बिद्यालयका ंसंचालक नबराज अधिकारी ,शिक्षक,शिक्षिका,कर्मचारी,बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
बिद्यालयका एजुकेशन डाइरेक्टर दिपक घिमिरेले संचालन गर्नुभएको कार्यक्रममा बिद्यार्थीहरुले नृत्य प्रर्दशन समेत गरेका थियो । खेलको पहिलो दिन अतिथिहरुले भलिबल खेलेर खेल सप्ताहको शुरुवात गरिएको विद्यालय कोर्डिनेटर हरी कोइरालाले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles