चन्द्रपुर÷टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले फ्ल्यागशिप मोडेलहरू— टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भि एफ डी र अपाचे आरटीआर १६० २ भि रीफ्रेश बी टी का लागि रोमाञ्चक अफरको घोषणा गरेको छ ।
बुधबार रौतहटको चन्द्रनिगाहपुरमा रहेको गणपति अटो एण्ड सेन्टरले वुधवार पत्रकार सम्मेलन गर्दै सो अफरको घोषणा बारे जानकारी गराएको हो । कार्यक्रमको उदघाटन गर्नु हुदै नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्कीले सबारी साधन लाई बिलासितामा लिइएपनि मानबजीबनमा यसको उपयोगिता रहेको बताउनु भयो । मानिसहरुले आफ्नो आवश्यकता अनुसार मोटरसाइकल प्रयोग गर्ने भएकोले मूल्य,माइलेज,गुणस्तरलाई पनि प्राथमिकतामा राख्ने भएकोले यस कम्पनीका मोटरसाइकलप्रति ग्राहकहरु सन्तुष्ट रहेको बताउनुभयो । टिभिएस कम्पनीका मोटरसाइकलप्रतिको विश्वास नै यसको सफलता रहेको समेत उहाले बताउनुभयो । कार्यक्रममा गणपति अटो एण्ड सेन्टरका संचालक रामहरी पंण्डितले कम्पनीले बाइक पारखीहरूलाई “अनस्टपेबल फ्रिडम”को अनुभव पस्कदै २ वर्षसम्मका लागि समस्या रहित लिमिटलेस राइडको सुनिश्चितता प्रदान गर्ने उद्देश्य लिएको जानकारी दिनुभयो ।
यो विशेष अफर अन्तर्गत नेपाल भरिका ग्राहकहरूले २ वर्षसम्मका लागि निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल र सर्भिस प्राप्त गर्न सक्नेछन् । यस स्किम अन्र्तगत ग्राहकवर्गले रु.३१,०००÷– सम्मको बचत गर्न सकिने संचालक पंण्डितले जानकारी दिनुभयो ।
टीभीएस अपाचे आरटीआर सिरिजले उन्नत रेसिङ प्रविधि उपयोग गर्दै ब्रान्डको “रेसिङ डीएनए अनलिश्ड”को सिद्धान्तलाई प्रतिबिम्बित गर्ने र उच्च प्रदर्शन, आकर्षक डिजाइन, र उत्कृष्ट ह्यान्डलिङको संयोजनले यी बाइक शक्ति र सटिकताका लागि निर्माण गरिएको सो पत्रकार सम्मेलनमा उहाले जानकारी दिनुभयो । सिरिजले रोमाञ्चक यात्रा गर्न मनपराउनेहरूका साथै दैनिक यात्रुहरूको आवश्यकतालाई समेत पुरा गर्ने उहाको भनाइ छ ।
ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टीभीएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि टीभीएसले प्रदान गर्नेछ । यसले ब्रान्डलाई ग्राहक केन्द्रित र गुणस्तरीय सेवा प्रदान गर्ने कार्यमा अग्रणी प्रमाणित गर्ने कम्पनीको विश्वास छ । टिभिएससँग जोडिन र विशेष अफरहरू बारे सूचना प्रदान गर्ने सम्पूर्ण सुविधाहरू उपलब्ध गराउने जानकारी पनि दिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष डिल्ली बहादुर कार्की, राससका रौतहट संवाददाता रमेश तिमल्सिना,तराई एक्सप्रेस अशोक पहाडी,प्राइम खबरका सन्तोष काफ्ले,सुप्रिम एफएमका मुकेश साह तथा मोटरसाइकलका प्राबिधिक,स्पेयर पार्टस पसलका संचालकहरुको उपस्थीती रहेको थियो ।
