Friday, April 10, 2026

चौथो चन्द्रपुर महोत्सव फाल्गुण ५ गते देखि हुने

ताजा / भरखरै प्राप्त

रौतहट ÷चन्द्रपुर नगर उद्योग बाणिज्य संघ चन्द्रनिगाहपुर रौतहटको आयोजनामा हुन लागेको प्रादेशिक औद्योगिक मेला तथा चौथो चन्द्रपुर महोत्सव २०८१ को जानकारीको लागि पत्रकार सम्मेलनको आयोजना गरिएको छ । “कृषि पर्यटन उद्योग व्यापार, संमृद्धिको मुख्य आधार“ भन्ने मूल नाराका साथ फाल्गुण ५ गते देखि १७ गते सम्म हुने महोत्सव तुलसीलाल अमात्य स्मृती रंगशाला चन्द्रपुर ४ चन्द्रनिगाहपुरमा हुने भएको छ । महोत्सबमा स्थानीय कृषि तथा लघु उत्पादन एवं ब्यबसायिक प्रदर्शनी र बिक्री स्टल लगायत राष्ट्रिय अन्तराष्ट्रिय स्तरका कलाकार हरुको सांस्कृतिक प्रस्तुति र खेल मनोरञ्जनका सामग्री सहित बाल उद्यान रहने चन्द्रपुर नगर उधोेग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटा(सुरेन)ले बताउनु भयो । चन्द्रपुर नगरपालिकाको संरक्षण ,चन्द्रनिगाहपुर सिटि जेसिज, लायन्स क्लब रौतहटको सहआयोजना साथै होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको सपोर्टमा एवं मधेस प्रदेश सरकार उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालयको मुख्य सहयोगमा महोत्सब हुन लागेको आयोजकले जनाएको छ । महोत्सबको फागुन ५ गते मधेश प्रदेश सरकारका मुख्य मन्त्री सतिस सिह बाट समुद्घाटन हुनेछ । उद्धघाटन समारोह अघि बिहान ११ः०० बजे जनज्योति माध्यमिक विद्यालय प्राङ्गण बाट चन्द्रपुरमा सक्रिय, सामाजिक, धार्मिक, खेलकुद, विभिन्न जात जाती, धर्म संस्कृति, कला संस्कृति संग सम्बन्धित संघ संस्थाहरुको अगुवाईमा पहिचान झल्कने शोभा झाँकी, भेष भुषा, श्रृंगार, बाजा गाजा सहित शुभारम्भ यात्रा निस्कने छ । सो यात्रा चन्द्रनिगाहपुर चोक परिक्रमा गरेर महोत्सव स्थल तुलसीलाल अमात्य स्मृती रंगशाला पुगेर समुद्धघटान समारोहमा सरिक हुनेछ । समुद्धघाटन समारोहमा शुभारम्भ यात्रामा सरिक भएका संघ संस्था हरुले आआफ्नो पहिचान झल्कने झाँकी नृत्य गीत संगीत प्रस्तुत गर्ने चन्द्रपुर उधोग बाणिज्य संघका महासचिब जनकराज भारतीले बताउनु भयो । बालउद्यान, टेन्ट, स्टल, स्टेज र लाईटका काम हरु सम्पन्न भइसकेको आयोजकले जनाएको छ । महोत्सबमा १ सय १५ स्टल रहनेछ । फाल्गुण ६ गते देखि मेला प्रवेशमा रु १०० को टिकटको व्यवस्था गरिएको छ । त्यसरी खरिद गरिएको टिकटमा एउटा भोट पनि संलग्न हुनेछ । महोत्सवमा स्टेज कार्यक्रममा सहभागी भएका स्थानीय नव प्रतिभा कलाकार हरुको प्रस्तुति हेरेर आफूलाई मन परेको कलाकार लाई छनौट गर्नको लागि उसको नाम लेखिएको बक्समा भोट हाल्न सकिन्छ । प्रत्येक दिनको भोट गिन्ती गरेर आयोजकले रेकर्ड राख्ने छ र समापनको दिन सबै भन्दा बढी भोट प्राप्त गर्ने ४ जना लाई पुरस्कृत गरिने छ । साथै सो टिकेटको अधकट्टी देखाएर बागमती इन्टरटेन्मेन्ट प्रा। ली। बागमती भरत तालको यसै महोत्सवमा रहेको स्टल बाट त्यहाँका लागि टिकेट खरिद गर्दा ५० प्रतिशत छुट हुनेछ भने फाल्गुण महिना भित्रमा भरत ताल पुगेर लिने टिकेटमा २५ प्रतिशत छुट हुनेछ । महोत्सवमा एन सेल, गोर्खा ब्रुअरी, जावलाखेल ग्रुप आर्थिक सहयोगीका रुपमा रहेका छन भने सपोर्टमा होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश रहेको छ । ईन्सुरेन्स पार्टनर नेको ईन्सुरेन्स, हस्पि लाटि पार्टनर होटल आरोही, होटल तराई ईन, जगत रिसोर्ट, गौतम होटल चपुर, होटल हिमालयन, होटल उदय प्लाजा, स्वास्थ्य साथी चन्द्रपुर अस्पताल प्रा। ली।, सिभिल अस्पताल प्रा।ली। चन्द्रनिगाहपुर सामुदायिक अस्पताल, हाईवे ट्रमा सेन्टर, ईन्टरनेट पार्टनर वल्र्ड लिङ्क र सुबिसु, सुरक्षा साथी आर आर ईन्फोसि प्रा। ली।, पर्यटन पार्टनर बागमती इन्टरटेन्मेन्ट प्रा। ली।, बैंकिंग पार्टनर महालक्ष्मी विकास बैंक, प्रिन्टिङ पार्टनर आर्ट पोइन्ट र चांद फ्लेक्स प्रिन्ट रहेका छन भने रौतहटका सम्पूर्ण मीडिया हरु मीडिया पार्टनर रहने गरी पत्रकार महासंघ रौतहटले सम्योजन गरेको छ । महोत्सव प्रवेशको लागि टिकेट काउन्टर बाट खरिद गर्ने रु १०० को टिकट बाहेक रु १५०० मा २० टिकटको फेमिली प्याक पनि खरिद गर्न सक्नु हुनेछ । त्यसरी नै रु ५०० को सहयोग रसीद काटेर महोत्सव अवधिभरिको लागि सिङ्गल प्रवेश पास पनि लिन सक्नुहुनेछ । भने स्थानीय ब्यबसायिक कलाकार हरुको प्रस्तुति पनि विशेष आकर्षण रहने छ । स्थानीय नव प्रतिभा हरुलाई भने दर्शकहरुले नै जजमेन्ट गरेर मन परेको कलाकारलाई भोट गरेर उत्कृष्ट छनौट गर्नुहुनेछ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य शिव पुरी, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कुमार कार्की लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles