Friday, April 10, 2026

चन्द्रपुरमा दर्ता विनै संचालनमा रहेका १० अस्पताल वन्द गर्न मुख्यमन्त्रीको निर्देशन

ताजा / भरखरै प्राप्त

रौतहट÷पछिल्लो समयमा मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले स्वास्थ्य,शिक्षा क्षेत्रमा देखिएको अस्तव्यस्त गतिविधिलाई नजिकबाट नियाल्दै यसलाई व्यवस्थित बनाउनका लागि युद्धस्तरमा मैदानमै उत्रनु भएको छ । सोही क्रममा मुख्य मन्त्री सिंहले शनिवार रौतहटको चन्द्रनिगाहपुरमा दर्ता नभएका सिभिल र हाईवे ट्रमा सेन्टर, चन्द्रपुर आखा तथा दात उपचार केन्द्र सहित ११ वटा निजी अस्पताल बन्द गर्न सम्बन्धित अस्पतालमै पुगेर पत्र थमाउनु भएको छ । मुख्यमन्त्री सिंहले शनिबार चन्द्रनिगाहपुरको अस्पतालहरुको अनुगमन गदै १० वटा निजी अस्पताल बन्द गर्न अस्पताल संचालकहरुलाइ पत्र दिनु भएको हो । मुख्यमन्त्री सिंह सहितको टोलीले चन्द्रनिगाहपुरका १२ वटा अस्पतालको अनुगमन गरेको थियो । जस मध्ये चन्द्रपुर अस्पताल प्रालि मात्रै नियम कानुन अनुसार दर्ता भएर संचालनमा आएको र बाकी कुनै पनि अस्पताल दर्ता नभएको भेटिएको मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो । चन्द्रपुर नगरपालिकामा समेत विना इजाजत अस्पताल, औषधि पसल खुल्दा समेत नगरपालिकाले वास्ता नगरेको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् । जम्बो टिम सहित अस्पताल अनुगमनमा निस्कनु भएको मुख्यमन्त्री सतिक कुमार सिंहले चन्द्रनिगाहपुरका दर्ता नभएका सिभिल अस्पतालले मेडिसिटी अस्पताल काठमाण्डौको जस्तो रकम लिने गरेको तर सेवा सुबिधा शुन्य दिएको बताउनुभयो । दर्ता नभए सम्म यी अस्पताल संचालनमा आएको खबर पाएमा कानुन अनुसार कडा भन्दा कडा कार्वाही गरिने चेतावनी समेत मुख्यमन्त्री सिंहले दिनुभयो । जनताको स्वास्थ्य माथि खेलवाड गर्ने जो कोहीलाइ पनि नछाडने मुख्यमन्त्री सिंहले बताउनुभयो । चन्द्रनिगाहपुरका १२ वटा अस्पताल अनुगमन गर्दा १ वटा अस्पताल मात्रै दर्ता हुनु दुखद भएको उहाको भनाई छ । बन्द भएका ११ वटा अस्पताल प्रक्रिया पुराएर दर्ता नगरे सम्म बन्द नै हुने मुख्यमन्त्री सिंहको भनाइ छ । अनुगमनको क्रममा अहिलेसम्म प्रदेशभरिकै ५७ वटा निजी अस्पतालमा मुख्यमन्त्री सिंहले अनुगमन गरिसक्नु भएकोछ । अनुगमन गरिएका अस्पतालहरूमध्ये आधा जसो अस्पताल अवैध रूपमा सञ्चालित पाइएको मुख्यमन्त्री सिंहको भनाई छ । मुख्यमन्त्री सिंहले ५७ वटा अस्पतालमा अनुगमन गर्दा २१ वटा अस्पताल पूर्ण रूपमा अवैध भेटिएकाले तत्कालै बन्द गर्न निर्देशन दिइसकेको बताउनुभयो । निजी अस्पतालहरू धेरै नै लापरवाही रहेको बताउँदै भने, ‘अधिकांश अस्पताल दर्ता नै नगरी सञ्चालनमा रहेको भेटियो ।
यसैगरी मधेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन सिंहले दर्ता नभएका अस्पताल कुनै पनि हालतमा संचालन हुन नदिने बताउनुभयो । अस्पताल अनुगमनमा मुख्यमन्त्री संगै आएका स्वास्थ्यन्त्री सिंहले यहाका अस्पतालहरुले चरम लापरवाही गरेको भेटियो यस्ता अस्पताल बन्द गराएर नै छाडने बताउनुभयो । चन्द्रनिगाहपुरमा दर्ता नभइ संचालन हुने अस्पतालहरुमा हाइवे ट्रमा हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालि,सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर,पब्लीक लाइफ केयर पोलिक्लिनीक,एपोलो सिटी अस्पताल,चपुर सिटी अस्पताल,हिमालय पोलि क्लिनक, चन्द्रपुर सामुदायिक अस्पताल, नमस्ते डेन्टल क्लिनीक, चन्द्रपुर अर्थोपेडिक अस्पताल र चन्द्रपुर आखा तथा दात उपचार केन्द्र रहेको अस्पताल लगायत अनुगमन समितिका सदस्य सचिब तथा जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिनुभयो । यी अस्पतालहरुमा अस्पताल सेवा संचालन स्वीकृत नभएको कारण बन्द गर्न पत्र दिइएको जनस्वास्थ्य अधिकृत ठाकुरको भनाइ रहेको छ ।
बिना दर्ता नै चन्द्रनिगाहपुरमा दर्जनौ अस्पताल लामो समय देखी संचालन हुदै आएका छन । ईरिक्सा चालक सहित एम्बुलेन्स चालकलाइ समेत पैसा दिएर बिरामी भित्राउने अस्पातलका संचालक अहिले तनाबमा परेका छन । दर्ता नभएका चन्द्रनिगाहपुरका ति अस्पतालहरुले स्थानिय नागरिक संग चर्को मुल्य लिएर उपचारको नाममा ठगी धन्दा गदै आइरहेका थिए । दुर्घटनामा परेका बिरामीहरुलाइ समेत एम्बुलेन्स र ईरिक्सा चालकको साहरामा ति अस्पातालहरुले उपचारको नाममा ठगी गदै आएको स्थानिय सारोकारवालाहरुले बताउदै आएका छन । अनुगमन गरेको ११ वटा अस्पताल मध्ये चन्द्रपुर अस्पातल प्रालि मात्रै दर्ता र नबिकरण भएको पाइएको छ । अस्पताल संचालन गर्दा सरकारले तोकेको मापदण्ड अनुसार संचालन गर्नुपर्ने चन्द्रपुर अस्पतालका संचालक डा. सुवास चौधरीले बताउनुभयो ।
यसैबिच केही दिन अगाडी औषधी ब्यबस्था बिभागको शाखा कार्यालय बिरगंजबाट आएको अनुगमन टोलीले चन्द्रपुरका केही औषधी पसलमा तालाबन्दी गरेको थियो भने कतिपय औषधी पसल संचालक पसल बन्द गरेर भागेका थिए । औषधी ब्यबस्था बिभाग शाखा कार्यालय बिरगंजका प्रमुख अरबिन्द बानियाको नेतृत्वमा आएको अनुगमनटोलीले अबैध रुपमा संचालनमा आएका औषधी पसलमा तालाबन्दी गरेको थियो । अनुगमनटोलीले चपुर सिटी अस्पतालको औषधी पसल,डल्फीन फार्मेसीमा तालाबन्दी गरेको कार्यालय प्रमुख बानियाले जानकारी दिनुभयो ।चपुर सिटी हस्पिटलले औषधी पसलको दर्ता नभएको र आवश्यक कागजपत्र देखाउन नसकेपछि ताला लगाएको बानियाले जानकारी दिनुभयो । उनीहरुलाइ औषधी ऐन २०३५ अनुसार कार्वाही हुने समेत बानियाले जानकारी दिनुभयो । यस्तै हाईवे ट्रमा सेन्टरमा रहेको औषधी पसल पनि दर्ता नभएको उनले जानकारी दिनुभयो । बिगत लामो समय देखी संचालन हुदैआइरहेको ट्रमा सेन्टरको औषधी पसल दर्ता नभएको देखिएको उहाले बताउनुभयो । सो अस्पतालको औषधी पसल दर्ता प्रक्रियामा रहेको कारण ७ दिन भित्र दर्ता गर्नको लागी सचेत गराइ समय दिएको समेत उनले जानकारी दिनुभयो । केही अस्पताल तथा औषधि पसलले ठुलै रकम तिरेर अस्पताल खुलाउने प्रयास गरिरहेको समेत श्रोतले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles